०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

विप्लवसँग वार्ताको प्रयासमा नख्खु जेल पुगे खानेपानी मन्त्री: थापा

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

ABC Sanchar
काठमाडौं । अपराधिक समूह’ भनेर प्रतिबन्ध लगाइएको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग सरकारले वार्ताको पहल थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहना अनुसार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि २०७५ फागुमा प्रतिबन्ध लगाइएको थियो । तर, गत पुस ५ मा प्रतिनिधि सभा विघटन पछि विकसित राजनीतिक घटनाक्रमका बीच सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ताको पहल थालेको हो ।

औपचारिक रुपमै वार्ता थाल्ने प्रयासस्वरुप खानेपानी मन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन् ।

ओलीलाई भेट्न मन्त्री थापा मंगलबार बिहान नख्खु जेल पुगेका हुन् । सुरक्षा स्रोतले मंगलबार बिहान खानेपानी मन्त्री थापा नख्खु जेल पुगेका पुष्टि गरेको छ ।

विप्लव नेतृत्वको नेकपाको संलग्नतामा नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटसँग सम्बन्धित मुद्दामा पक्राउ परेका ओली अहिले ललितपुरको नख्खु कारागारको थुनामा छन् ।

प्रहरीले ओलीलाई काभ्रेबाट पक्राउ गरेको थियो । पूर्व माओवादी पृष्ठभूमिका नेता थापाले वार्ताको वातावरण बनाउनका लागि मंगलबार ओलीसँग भेटवार्ता गरेका हुन् । तर, भेटवार्ताका क्रममा के–के कुराकानी भयो भन्ने विषय भने सार्वजनिक भइसकेको छैन ।

प्रतिबन्ध अगाडि पनि सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गरेको थियो । विप्लवको नेकपासहित तत्कालीन अवस्थामा भूमिगत रहेका समूहसँग वार्ता गर्न भन्दै पूर्व मन्त्री एवम् तत्कालीन प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन गरिएको थियो ।

तर, उक्त टोलीले विप्लवको नेकपासँग औपचारिक वार्ता शुरु गर्न सकेन । वार्ताका लागि विप्लव नेकपाका केही नेताहरुसँग कुराकानी गरेपनि ‘उनीहरु वार्ताका लागि सकारात्मक नपाइएको’को तत्कालीन वार्ता टोलीका संयोजक पाण्डेले जानकारी दिएका थिए ।

वार्ता टोलीले २०७५ पुसमा आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै विप्लव नेतृत्वको नेकपाले वार्ताका लागि सकारात्मक अग्रसरता नलिएको हुँदा वार्ता प्रक्रिया अघि बढ्न नसकेको जनाएको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

*विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं-भरतपुरमा चहलपहल बढ्यो* विजयादशमीको टीका ग्रहणसँगै काठमाडौं र भरतपुरमा चहलपहल बाक्लिएको छ। मान्यजनको हातबाट टीका, जमरा ग्रहण गरी आफन्तकहाँ पुग्ने सर्वसाधारणको लर्को लागेको छ।

  बाँके – बाँकेको बैजनाथमा एयर पेस्तोल देखाएर मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ क्षेत्रमा एक व्यक्तिलाई एयर पेस्तोल देखाएर धम्की दिएको आरोपमा ती युवकलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका युवकबाट एयर पेस्तोल बरामद गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  कास्की । जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ। १०१ जना घाइते भएका छन्। यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो। जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए। दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान तथा कारबाही अघि […]