०४ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

विप्लवसँग वार्ताको प्रयासमा नख्खु जेल पुगे खानेपानी मन्त्री: थापा

Logo
प्रकाशित मंगलबार, माघ २०, २०७७

ABC Sanchar
काठमाडौं । अपराधिक समूह’ भनेर प्रतिबन्ध लगाइएको नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासँग सरकारले वार्ताको पहल थालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहना अनुसार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि २०७५ फागुमा प्रतिबन्ध लगाइएको थियो । तर, गत पुस ५ मा प्रतिनिधि सभा विघटन पछि विकसित राजनीतिक घटनाक्रमका बीच सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ताको पहल थालेको हो ।

औपचारिक रुपमै वार्ता थाल्ने प्रयासस्वरुप खानेपानी मन्त्री मणि थापाले नख्खु जेल पुगेर विप्लव नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन् ।

ओलीलाई भेट्न मन्त्री थापा मंगलबार बिहान नख्खु जेल पुगेका हुन् । सुरक्षा स्रोतले मंगलबार बिहान खानेपानी मन्त्री थापा नख्खु जेल पुगेका पुष्टि गरेको छ ।

विप्लव नेतृत्वको नेकपाको संलग्नतामा नख्खुस्थित एनसेल कार्यालयमा भएको बम विस्फोटसँग सम्बन्धित मुद्दामा पक्राउ परेका ओली अहिले ललितपुरको नख्खु कारागारको थुनामा छन् ।

प्रहरीले ओलीलाई काभ्रेबाट पक्राउ गरेको थियो । पूर्व माओवादी पृष्ठभूमिका नेता थापाले वार्ताको वातावरण बनाउनका लागि मंगलबार ओलीसँग भेटवार्ता गरेका हुन् । तर, भेटवार्ताका क्रममा के–के कुराकानी भयो भन्ने विषय भने सार्वजनिक भइसकेको छैन ।

प्रतिबन्ध अगाडि पनि सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गरेको थियो । विप्लवको नेकपासहित तत्कालीन अवस्थामा भूमिगत रहेका समूहसँग वार्ता गर्न भन्दै पूर्व मन्त्री एवम् तत्कालीन प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता टोली गठन गरिएको थियो ।

तर, उक्त टोलीले विप्लवको नेकपासँग औपचारिक वार्ता शुरु गर्न सकेन । वार्ताका लागि विप्लव नेकपाका केही नेताहरुसँग कुराकानी गरेपनि ‘उनीहरु वार्ताका लागि सकारात्मक नपाइएको’को तत्कालीन वार्ता टोलीका संयोजक पाण्डेले जानकारी दिएका थिए ।

वार्ता टोलीले २०७५ पुसमा आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै विप्लव नेतृत्वको नेकपाले वार्ताका लागि सकारात्मक अग्रसरता नलिएको हुँदा वार्ता प्रक्रिया अघि बढ्न नसकेको जनाएको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!