०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

चितवनमा प्रचण्ड विरोधी एसपीकाे खाेजी सरुवा र पदस्थापन प्रभावित

Logo
प्रकाशित सोमबार, माघ २६, २०७७

 

ABC Sanchar
काठमाडौं । नेपाल प्रहरीका डिएसपीबाट एसपी भएका १६ अधिकृतले गत बिहीबार फुली लगाए । फुली लगाएको चार दिन हुँदा समेत उनीहरुले जिम्मेवारी पाउन सकेका छैनन् ।
सामान्यतया फुली लगाएको दिन बढुवा भएका अधिकृतको पदस्थापन हुन्छ । तर, यसपटक एसपीको सरुवामा देखिएको विवादले पदस्थापन समेत प्रभावित भएको छ ।
स्रोतका अनुसार एसपीको सरुवामा मुख्य विवाद चितवनमा छ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादल प्रचण्ड विरोधी एसपीलाई लैजान चाहेका छन् । तर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले त्यसलाई अस्वीकार गरेका छन् । उनले राजनीतिक दलप्रति तटस्थ रहने एसपी पठाउन खोजेका छन् ।

त्यही विवादका कारण गत महिनाको एसपीको सरुवामा पनि चितवनका एसपी हेरफेर भएन । यसपटक एसपीको सरुवा र पदस्थापन एकैपटक गर्न लागिएको छ । तर, चितवनमा कुरा नमिल्दा आइतबार पनि निर्णय हुन नसकेको स्रोत बताउँछ ।
यसअघि चितवनमा सामान्यतया प्रचण्ड निकट एसपीलाई पठाउने गरिएको छ । पूर्व प्रधानमन्त्रीको गृहजिल्लामा एसपीको सरुवा गर्दा सामान्यतया सहमति लिने चलन प्रहरीमा छ ।

गत वर्ष पनि चितवनमा एसपीको सरुवामा ठूलो विवाद भएको थियो । सर्वेन्द्र खनालले गंगा पन्तलाई चितवन पठाएका थिए । तर, प्रचण्डले नमानेपछि एक महिनापछि पन्तलाई पर्सा सरुवा गरेर नान्तीराज गुरुङलाई पठाइएको थियो । गुरुङको कार्यकाल करिब एक वर्ष पुगेकाले हेरफेर गर्न लागिएको हो ।दृष्टिबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]

बाँके । नेपालगन्जको विभिन्न चोक, गल्ली र बाँकेका कोहलपुर, बैजनाथ, खजुरा, जानकी, डुडुवा, राप्तीसोनारी, नरैनापुरमा घटस्थापनाको दिन स्थापना गरिएका करिब *४०० भन्दा बढी दुर्गा भवानीका मूर्तिहरु* राप्ती नदीको *सिधनिया घाट / कम्दीघाट र मानखोलामा विसर्जन गरिएको हो। दिउँसोदेखि सुरु भएको विसर्जन बेलुका अबेरसम्म चलेको थियो। सुरक्षाका लागि बाँके प्रहरीले निकै कडा व्यवस्था गरेको थियो। जिल्ला […]

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]