२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

सरकारले शुक्रबार सार्वजनिक बिदाको घोषणा

Logo
प्रकाशित मंगलबार, माघ २७, २०७७

­

ABC Sanchar
काठमाडौं । आगामी माघ ३० गते शुक्रबार सरकारले देशभर सार्वजनिक बिदा दिने भएको छ । सोनाम ल्होसारको उपलक्ष्यमा बिदा दिने निर्णय भएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको छ । गत वर्ष प्रकाशित सार्वजनिक बिदाको सूचिमा ३० गते बिदा थिएन । सरकार कामचलाउ बनेपछि विभिन्न समुदायलाई खुशी बनाउन बिदा दिने प्रचलन बढेको छ । यसले देशको अर्थतन्त्रमा भने ठुलो असर पर्ने अर्थविद्हरु बताउँछन् । सोही कारण नै यही सरकारले सार्वजनिक बिदा कटौती गरेको थियो ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]