१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

बाँकेको बुद्धनगर  टोलमा सेक्युरिटी साइरन सीसीटिभी जडान गरियो

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

 

(महेन्द्र सिंह)
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १८ स्थित बुद्धनगर टोलमा कम्युनिटी सेक्युरिटी साइरन एण्ड सीसीटिभी जडान गरिएको छ ।
समाजमा हुने अपराधलाई निस्तेज पार्न टोल सुधार समितिमा रहेका ३५ घरले सेक्युरिटी साइरन जडान गरेका हुन् । कम्युनिटी सेक्युरिटी साइरन एण्ड सीसीटिभीको आइतबार एक समारोहका बीचमा नेपालगञ्जका उपमेयर उमा थापामगर, बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानालगायतले उद्घाटन गर्नुभयो । बुद्धनगरमा जडान गरिएको साइरन बाँकेमै पहिलो हो । अन्य वडामा पनि कम्युनिटी साइरन जडान गर्ने तयारी भइरहेको छ ।

एसपी रानाले अपराध न्यूनीकरणमा कम्युनिटी साइरनले राम्रो भूमिका खेल्ने बताउनुभयो । उहाँले जिल्लामा एक वर्षमा एघार सय मुद्दा हुने गरेको उल्लेख गर्दै टोल टोलमा यस्तो साइरन राख्न सकेमा त्यो संख्या घट्ने दावी गर्नुभयो ।
समितिका अध्यक्ष डा. राजेशकेसर खनाल, सामुदायिक प्रहरी सेवाका दिपेन्द्रकुमार जोशी, समितिका सल्लाहकार धर्मेन्द्र शाहलगायतले टोलमा आपतविपत पर्दा साइरन बज्ने भएकाले सुरक्षा मजबुत हुने बताउनुभयो ।
३५ घरमा साइरन जडान गरिएको छ । एउटा घरमा दुई वटा मोबाइलमा घण्टी बज्ने व्यवस्था मिलाइएको छ । चोरी, आगलागी वा कुनै पनि हिंसा हुने बित्तिकै मोबाइलको कोड नम्बर थिच्ने बित्तिकै ३५ घरमा म्यासेज जान्छ र साइरन बज्छ । दोस्रो पटक कोड नम्बर थिच्दा प्रहरीमा म्यासेज जाने व्यवस्था मिलाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!