दाङ । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रबक्ता डिएसपी डाक्टर हेम के.सी. एवं सामाजिक व्यक्तित्वहरूसहित घोराहीको नारनपुरमा अवस्थित मानव कल्याण आश्रममा खाद्यान्न सहयोग गरिएको छ।
आश्रममा रहेका असहाय, अशक्त तथा बेसहारा व्यक्तिहरूलाई खाद्यान्न सहयोग गरी मानवीय कार्यमा हातेमालो गरिएको हो।
प्रहरीले समाजमा सुरक्षासँगै मानवीय सेवामा पनि सक्रिय भूमिका खेल्दै आएको भन्दै स्थानीयले प्रशंसा गरेका छन् ।