२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

रोल्पाका ४ जना सरकारी कर्मचारी २ लाख रुपैयाँ घुससहित पक्राउ

Logo
प्रकाशित आइतबार, फाल्गुण ०२, २०७७

 

ABC Sanchar
काठमाडौं । झण्डै २ लाख रुपैयाँ स्रोत नखुलेको (घुस लिएको) रकमसहित रोल्पामा कार्यरत सरकारी कर्मचारी समेत गरी ४ जना पक्राउ परेका छन् ।

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठसहित ४ जना घुस रकमसहित पक्राउ परेका हुन् ।

घुस लिएको रकम बोकेर रोल्पाबाट बुटवल तर्फ जाँदै गरेको अवस्थामा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले निमित्त कार्यालय प्रमुख नविन श्रेष्ठ, इन्जिनियर निर्मल पन्त, सव-इन्जिनियर प्रेमकुमार बराल र सवारी चालक मानसिंह पुन मगर समेतलाई स्रोत नखुलेको नगद १ लाख ९० हजार रुपैयाँ सहित पक्राउ गरेको हो ।

बागमती प्रदेश ०१-००२ झ ५३१८ नम्बरको गाडीमा बुटवलतर्फ आउँदै गरेको अवस्थामा उनीहरुलाई रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर १० स्थित पूर्व-पश्चिम लोकमार्गको कोठी वनबाट नियन्त्रणमा लिएको हो ।

घुस रकम सहित बिहीबार पक्राउ परेका चारै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कर्लयाका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]