०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

साउदी अरबमा पुन लकडाउनको अवधि थप गरियो

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

ABC Sanchar
एजेन्सी । साउदी अरबमा लागू गरिएको लकडाउन (प्रतिबन्धात्मक अवस्थाहरुको अवधि) अझै केही दिन लागू हुने भएका छन् । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले लागू गरिएका प्रतिवन्धात्मक व्यवस्थाहरू थप २० दिन लागू हुने भएका हुन् ।

सरकारले आइतबार प्रतिवन्धात्मक व्यवस्थाहरूको अवधि थप गरिएको घोषणा गरेको समाचारमा जनाइएको छ । साउदी अरबमा भीडभाड गर्न, धेरै जना सहभागी भएर मनोरञ्जनात्मक कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाइएको छ भने चलचित्र प्रदर्शन गर्न, होटल तथा रेस्टुरेन्ट, क्याफेहरू सञ्चाल नगर्न पनि रोक लगाइएको छ ।

आन्तरिक मामिला मन्त्रालयले कोरोनाभाइरसको महामारीको खतरा अझै नटरेकाले प्रतिबन्धात्मक व्यवस्थाहरूलाई निरन्तरता दिनुपरेको स्पष्ट पारेको छ । नयाँ व्यवस्था स्थानीय समयअनुसार आइतबार राति १० बजेदेखि लागू हुनेछ । कोरोनाभाइरसको सङ्क्रमण न्यूनीकरण गर्न २० देशबाट साउदी अरब आउन पनि प्रतिबन्ध लगाइएको छ । तर साउदी अरबकै नागरिक, कूटनीतिज्ञहरू, स्वास्थ्यकर्मीहरू र उनीहरूका परिवारलाई भने कडा मापदण्ड पालना गरेर साउदी अरब प्रवेश पाउने व्यवस्था गरिएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

फिल्डमा खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरी प्रमुख, सेना प्रमुख र तत्कालीन मुख्यसचिवसम्मको बयान आयोगले लिएको छ । अब तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकको मात्र बयान बाँकी छ । २३ र २४ भदौका घटनाबारे जाँचबुझ आयोगले सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिएको छ। सबै अधिकारीहरूले बाध्यात्मक परिस्थितिमा बल प्रयोग गर्नुपरेको र स्थिति नियन्त्रणका लागि गोली […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् । नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् । सो अवसरमा […]

error: Content is protected !!