०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सिआईबीले दस्तखत किर्ते गर्ने नक्कली डाक्टर पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण ०३, २०७७

ABC Sanchar
काठमाडौं । नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकहरुले पाउने स्थायी दर्ता प्रमाणपत्रको लागि पेश गर्नुपर्ने निवेदनमा हस्ताक्षर गर्ने एकजना नक्कली डाक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घखाँचीको मालारानी गाउँपालिका-८ घर भइ काठमाडौंको कान्ति संगममार्ग बस्ने ३६ वर्षीय जितेन्द्र पन्थी छन् । प्रन्थीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंबाट पक्राउ गरेको हो ।

नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकहरुले लिनुपर्ने स्थायी दर्ता प्रमाण पत्रको लागि निवेदन दिने क्रममा नियमानुसार आवेदन भरेपछि फारमको अन्त्यमा काउन्सिलमा स्थायी दर्ता भएका चिकित्सकले दस्तखत गरी प्रमाणित गर्नुपर्ने प्रक्रिया छ ।

पक्राउ परेका पन्थीले डा जितेन्द्र शर्मा (एनएमसी दर्ता नम्बर २३६४) लेखी डा कृष्ण रिजालको आवेदन फारममा दस्तखत गरेर प्रमाणित गरेका थिए ।

रिजालले भरेको फर्मको अनुसन्धान गर्ने क्रममा आफूलाई डाक्टर जितेन्द्र शर्मा भन्ने पन्थीले काउन्सिलबाट लाइसेन्स प्राप्त नै नगरी सहीछाप गरी लिखतसम्बन्धी कसुर गरेको खुल्न आएको सीआईबीले जानकारी दिएको छ ।

पक्राउ परेका पन्थीविरुद्ध लिखत सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिइ थप अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!