१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

भागरथीको बलात्कार पछि हत्या प्रकरणमा १ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०४, २०७७

(ABC क्राईमबिट)
काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको अनुसन्धानका क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) समेतको टोलीले शनिबार राति कञ्चनपुरको महेनद्रनगरबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका व्यक्ति दोगडाकेदार गाउँपालिकाकै सार्वजनिक पद धारण गरेका व्यक्ति हुन् ।

भागरथी बेपत्ता भएको दिन उनी बैतडीको खोचलेक बजारमा थिए । खोचलेक बजारमा उनले भागरथीको पिछा गरेको देखिएको प्रहरी अनुसन्धान बाट खुलेको छ ।

भागरथी मृत फेला परेको दिनदेखि भने उनले बैतडी छाडेका देखिएको छ । घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले उनको घरमा भागरथीको मोबाइलको ब्याट्री फेला पारेको थियो ।

भागरथीको मोबाइलको ब्याट्री फेला परे देखिनै प्रहरीले उनीमाथि निगरानी बढाएको थियो । पछिल्लो समय उनी वनबासा नाका हुँदै भारत जान खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिलाई बैतडी प्युराइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले आधिकारिक रुपमा भने भागरथी हत्या प्रकरणमा कोही व्यक्ति पक्राउ पारेको विषय सार्वजनिक गर्न मानेको छैन ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थाइल्यान्ड सीमा क्षेत्रमा द्वन्द्व चर्किँदै गएपछि दुवै देशबीच ठूलो युद्धको खतरा बढेको अल जजिराले जनाएको छ । कम्बोडियाको ओडर मेन्चे प्रान्तमा बिहीवार थाइल्यान्डको तोप आक्रमणले क्षति पुर्‍याएको बौद्ध गुम्बाबाट एक जनाको शव निकाल्दै गरेका कम्बोडियन सैनिकहरूको तस्बिर सार्वजनिक भएको छ । हिजो कम्बोडियन सेनाले सात जना सर्वसाधारण र पाँच जना सैनिक गरी थप […]

दाङ प्रहरीले घोराहीबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ दाङ । अवैध लागूऔषध ब्राउनसुगर सहित तुलसीपुरका एक युवक घोराहीमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्ढा बस्ने २४ वर्षीय बिराट बस्नेत रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट ९ सय ७० मिलिग्राम ब्राउन सुगर र नगद […]

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

error: Content is protected !!