१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

नेपाल प्रहरीको सक्रियता भारतको दिल्लीबाट महिला र बालकको उद्धार

Logo
प्रकाशित बुधबार, फाल्गुण ०५, २०७७

 

ABC क्राईमबिट
काठमाडौं । इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले नेपालबाट दिल्ली लगिएका एक महिला र बालकको उद्धार गरेकोछ । सिरहा नगरपालिका ७ स्थित आफ्नै घरबाट गत मङ्सिर २७ गतेदेखि वेपत्ता भएका २३ वर्षीया महिला र उनका ५ वर्षीय तथा ३ वर्षीय छोराको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको समन्वयमा भारतको नयाँ दिल्लीबाट शनिबार शकुशल उद्दार गरेको हो ।

उनीहरू घरबाटै वेपत्ता भएको र भारत बिहारको दरभंगा बस्ने दिपक पासवानसँग रहेको अवस्थामा दिपकका आफन्त भारतीय नागरिक बिहार दरभंगा बस्ने ललन कुमारले फोनमा आमा र बच्चा आफ्नो नियन्त्रणमा रहेको तथा ज्यान चाहिएमा ७ लाख नेपाली रुपैयाँ मेरो खातामा हालिदिनु भन्दै धम्की दिएको भन्ने पीडितका आफन्तको निवेदन र फोटो सहितको विवरण प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखामा प्राप्त हुनासाथ पीडितको खोजतलास तथा उद्दारका लागि उक्त शाखाबाट भारतीय प्रहरीसँग आवश्यक समन्वय भएको थियो ।
इन्टरपोल शाखाको समन्वय पश्चात भारतीय प्रहरीले उनीहरूलाई नयाँ दिल्लीबाट उद्दार गरी आफन्तको जिम्मा लगाएको इन्टरपोल शाखाले जनाएको छ । घटनाको बारेमा भारतीय प्रहरीले समेत अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!