०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बर्दियालाई तीन वर्षमा बाढीपीडितमुक्त बनाइने

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

बर्दिया, जेठ २४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बबई नदीको जब्दीघाटको पुल तत्काल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यहाँ गरिएको अनुगमनका क्रममा उहाँले भौतिक तथा पूर्वाधार मन्त्रालयसँगको समन्वयमा पुल निर्माण अघि बढाइने बताउनुभयो । उहाँले बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र गतिमा भएकामा सन्तोष व्यत्त गर्दै पूर्व र पश्चिम गरी निर्माणाधीन ४३ किलोमिटर नहरले अन्न उत्पादनमा व्यापक बढोत्तरी ल्याउने बताउनुभयो । मन्त्री पुनले भेरी बबई डाइभर्सन सम्पन्न भएपछि बर्र्दियाको ८० प्रतिशत जमीनमा सिँचाइ सुविधा पुग्ने जिकिर गर्नुभयाो ।
अनुगमनका क्रममा उहाँले बबई–भादा औरही नदी व्यवस्थापन आयोजनाले २१ ठेक्कामा २७ आयोजना रु तीन अर्ब ९२ करोड लागतमा काम गरिरहेकामा सन्तोष व्यक्त गर्नुभयोे । बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरिएको तटबन्धनले तीव्रता पाएको छ । दीर्घकालीन रुपमा बबई नियन्त्रण नहुँदा वर्षेनी बस्तीमा नदी पसी जनताले दुःख भएको हुँदा गुरुयोजनानुसार नदी नियन्त्रण गर्न बजेट छुट्याइने र तीन वर्षमा बर्दियालाई बाढीपीडितमुक्त बनाइने उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ । विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने भएपनि बुधवारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो । गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले […]