१९ माघ २०८२, सोमबार
02-02-2026 , Mon
×

बर्दियालाई तीन वर्षमा बाढीपीडितमुक्त बनाइने

Logo
प्रकाशित बिहिबार, जेठ २४, २०७५

बर्दिया, जेठ २४ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बबई नदीको जब्दीघाटको पुल तत्काल निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यहाँ गरिएको अनुगमनका क्रममा उहाँले भौतिक तथा पूर्वाधार मन्त्रालयसँगको समन्वयमा पुल निर्माण अघि बढाइने बताउनुभयो । उहाँले बबई सिँचाइ आयोजनाको नहर निर्माण तीव्र गतिमा भएकामा सन्तोष व्यत्त गर्दै पूर्व र पश्चिम गरी निर्माणाधीन ४३ किलोमिटर नहरले अन्न उत्पादनमा व्यापक बढोत्तरी ल्याउने बताउनुभयो । मन्त्री पुनले भेरी बबई डाइभर्सन सम्पन्न भएपछि बर्र्दियाको ८० प्रतिशत जमीनमा सिँचाइ सुविधा पुग्ने जिकिर गर्नुभयाो ।
अनुगमनका क्रममा उहाँले बबई–भादा औरही नदी व्यवस्थापन आयोजनाले २१ ठेक्कामा २७ आयोजना रु तीन अर्ब ९२ करोड लागतमा काम गरिरहेकामा सन्तोष व्यक्त गर्नुभयोे । बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरिएको तटबन्धनले तीव्रता पाएको छ । दीर्घकालीन रुपमा बबई नियन्त्रण नहुँदा वर्षेनी बस्तीमा नदी पसी जनताले दुःख भएको हुँदा गुरुयोजनानुसार नदी नियन्त्रण गर्न बजेट छुट्याइने र तीन वर्षमा बर्दियालाई बाढीपीडितमुक्त बनाइने उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ । उक्त परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेश पत्रमा फोटो […]

अहिले मोटोपनको कारण विश्वमा भयावह स्थिति सिर्जना भएको छ । सुविधासम्पन्न जीवनशैली तथा खानपानसम्बन्धी न्यून ज्ञानका कारण धेरै मानिस मोटोपनको समस्याबाट ग्रसित छन् । कुनै पनि मानिसको तौल तथा उचाइको अनुपात २५ वा सोभन्दा बढी भएमा उसलाई मोटोपनको समस्या भएको बुझिन्छ । मोटोपनका कारण शरीरमा अन्य धेरै नसर्ने दीर्घकालीन रोगहरू ह्दयाघात, पक्षघात, मधुमेह, उच्च रक्तचाप, […]

काठमाडौं । फेरि पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ। गत मङ्गलबार र बुधबार मौसम बदली भई वर्षा र हिमपातले कोशी तथा मधेसबाहेकका क्षेत्रको जनजीवन प्रभावित भएर खुलेको मौसम एक हप्ता नबित्दै पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो। आजदेखि नै सुदूरपश्चिम क्षेत्रमा हल्का असर देखिन थालेको र उक्त […]

error: Content is protected !!