०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके ट्राफिकले सिट क्षमता भन्दा बढी यात्रु बोक्ने म्याजिकहरु कार्वाहीमा

Logo
प्रकाशित सोमबार, फाल्गुण १०, २०७७

 

(महेन्द्र सिंह)
बाँके । नेपालगन्जमा प्रहरीले म्याजिक भ्यानको छड्के चेकजाँच गरेको छ । नियम विपरित सवारी खचाखच भरेर गुडेका ६ वटा म्याजिक भ्यानलाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले जानकारी दिएका छन । वडा प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको संंयुक्त चेकजाँचमा कागजपत्र नबोकेका र सिट क्षमता भन्दा बढी यात्रु बोकेका ६ वटा म्याजिक भ्यानलाई कारबाही गरिएको हो । त्यस्तै ट्राफिक प्रहरीले ७ वटा सवारीसाधनको कागजपत्र होल्ड गरेको जनाएको छ । कागजपत्र नबोकेर सिट क्षमता बढी यात्रु बोकेको एउटा म्याजिक भ्यान, २ वटा ट्याक्टर र एउटा जेसिबीलाई समेत नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी बाँकेले जानकारी दिएको छ । नेपालगन्जको राँझा चोकमा प्रहरीले ५० बढी म्याजिक भ्यानको चेक जाँच गरेको हो । नेपालगन्जमा प्रहरीले सवारीसाधन चेकजाँचलाई तीब्र पारेको जिल्ला ट्राफिक प्रमुख भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!