२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरीले बाघको छाला र चोरीको मोटरसाइकल सहित ४ जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण १२, २०७७

(सागर थापा)
दाङ। जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकका प्रहरी टोलीले मंगलवार बाघको छाला सहित २ जना तुलसीपुर ४ गोठी खोलाबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका सल्यानको बागचौर नगरपालिका वडा नंम्वर ९ का सन्दिप डाँगी र शारदा नगरपालिका वडा नंम्वर १५ का ३७ वर्षीय ईन्द्रबहादुर थापा विकलाई बुधबार दाङ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

पाटे बाघको छाला अबैध रुपमा ओसारपोसार गरी विक्री वितरण भई रहेको भन्ने गोप्य सुचनाका अधारमा खटिएको सादा पोसाकको प्रहरीले उनिहरुलाई पक्राउ गर्न सफल भएको दाङ प्रहरीले जानकारी दिएको छ ।
उनिहरुको साथबाट पुच्छरको भागदेखी टाउको सम्मको लम्बाई ४ फिट ५ ईन्च, घाटीको चौडाई १ फिट, अगाडिको दुबै खुट्टा फट्टाएर नाप्दा ४ फिट २ ईन्च लम्बाई, पछाडिको खुट्टालाई फट्टाएर नाप्दा ३ फिट ३ ईन्च लम्वाई, पेटको भागको चौडाई १ फिट ११ ईन्च रहेको बाघको छाला १ थान बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । यस्तै उनिहरुको साथबाट समासुम, लाभा र भिभोको १÷१ वटा गरी ३ वटा मोबाईल र रा .४ प .८८४७ नंम्वरको कालोरातो कलको पल्सर मोटरसाईकल १ थान बरामत गरिएको प्रहरीले जनाएको छ । बाघको छालासहित पक्राउ परेको उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला वन कार्यालय पठाउने तयारी भईरहको प्रहरीले जनाएको छ । साथै दाङ प्रहरीले मोटरसाइकल चोरी गर्ने २ जनालाई पनि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले मंगलबार दिउसो २ बजे घोराहीको नयाँ वसपार्कबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका गढवा गाउँपालिका वडा नंम्वर ६ का १९ वर्षीय असिम खान र सोही ठाउँका बरुन कुमाललाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।

कपिलबस्तुका शिवराज नगरपालिका वडा नंम्वर ३ का ३० वर्षीय विक्रम केसीको लु १८ प ९५०४ नंम्वरको १ सय ५० सीसीको पल्सर मोटरसाईकल र दाङको गढवा गाउँपालिका वडा नंम्वर २ का गिरीराज भुषालको बा ८३ प ७६७५ नंम्वरको १ सय ५० सीसीको पल्सर मोटरसाईकल चोरी भएको थियो ।

केसी र भुषालले जिल्ला प्रहरी कार्यालय दाङमा दिएको निवेदनका अधारमा मोटरसाईकल चोरीमा संलग्न खान र कुमाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भैरहेको दाङ प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!