०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

कपिलवस्तुमा डाका परे ।। चार बाकस चोरी

Logo
प्रकाशित शनिबार, जेठ २६, २०७५

सनिउल्ला धोबी, कपिलवस्तु जेठ २६

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० गब्बापुरमा डाका परेका छन । गएराती करिब ११ बजेको समयमा ६,७ जनाको समुहमा आएका डाकाहरु गब्बापुरका दमोदर मिश्राको घरमा डकैती गरेका थिए । मिश्रा आफ्नो घरको छतमा सुतेको अवास्थामा डाकाहरु छतबाटै घरमा पसेको बताइएको छ । डाकाहरु मिश्राको घरमा रहेका चारवाट वाकस चोरेले लागेका थिए । डाकाहरु पुन १२ बजे गाउमा फेरी चोर्न आएपछी गाँउले हल्ला भएको थियो । डाकालाई लखेटदै गर्दा उनीहरुले चोरेको बकसहरु छोडेर भागेको दमोदर मिश्राले बताउनु भयो । डाकाहरुको खोजी कार्य भैरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भटराईले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्री उपस्थित समारोहमा आईजी अर्यालले भने, ‘आन्तरिक सुरक्षामा परिचालन नीतिको स्पष्ट व्यवस्था हुन आवश्यक छ ।’ परिचालन नीतिमा स्पष्टता नहुँदा हुलदङ्गा नियन्त्रणमा सशस्त्र र नेपाल प्रहरीको बिचमा ‘विवाद’ हुँदै आएको छ । सशस्त्रले प्रस्ताव गरेको नयाँ परिचालन नीति गृह मन्त्रालयमा विचाराधीन छ । २०५७ मा स्थापना भएको सशस्त्र प्रहरीले सशस्त्र विद्रोह, […]

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका […]

काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

error: Content is protected !!