०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा शुक्रबार कमल थापाले उद्घाटन गर्ने

Logo
प्रकाशित बिहिबार, फाल्गुण २०, २०७७

 (तेज वली) दाङ । राप्रपा निकट पत्रकारहरूको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेला बुटवलमा हुने भएको छ । फागुन २१ र २२ गते हुने भेलाको सबै तयारी पुरा भएको विहिबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । केन्द्रीय अध्यक्ष गोपाल पौडेलले प्रथम राष्ट्रिय भेलाको सबै तयारी पुरा भएको बताए । भेलाको राप्रपाका अध्यक्ष कमल थापाले ११ बजे उद्घाटन गर्नेछन् । देशभरबाट २ सय ५० जना पत्रकार कार्यक्रममा सहभागिता रहने पौडेलले बताए । चैत ७ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनलाई मध्यनजर गरि भेलाले रणनीतिक योजना बनाउने उनले बताए । एजेन्डा मिल्नेसंग सहकार्य गर्ने उनले बताए । नेपालभरि महासंघका ७ सय बढि सदस्यहरु रहेको उनले दाबी गरे । विस २०७२ मा स्थापना भएको संस्थाक…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!