११ जेठ २०८३, सोमबार
25-05-2026 , Mon
×

मिडिया नेपालको राष्ट्रिय भेला शुरु विप्लपले हिंसा त्याग्नु सकारात्मक :थापा

Logo
प्रकाशित शनिबार, फाल्गुण २२, २०७७

(तेज वली)
बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विप्लव नेतृत्व नेकपाले हातहतियार राज्यलाई बुझाएर हिंसाको राजनीति त्यागेको घोषणा गर्नुपर्ने बताएका छन् ।

विद्रोही पक्ष शान्ति र स्थायित्व कायम गर्न मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य भएको थापाले बताए । शुक्रबारदेखि बुटवलमा शुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पत्रकारहरुको संगठन मिडिया नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै थापाले शान्ति र स्थायित्वका लागि राज्यपक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

पूर्व उपप्रधानमनत्रीसमेत रहेका अध्यक्ष थापाले राप्रापासहित सबै शक्तिबीच सर्वपक्षीय गोलमेच सम्मेलन गरी सधैका लागि स्थायी व्यवस्था कायम गर्नुपर्ने बताएका छन् । उनले राष्ट्रिय राजनीतिमा राष्ट्रवादी भएर बाच्न गाह्रो हुने बताउँंदै देशी र विदेशी शक्तिहरु राष्ट्रवादीहरुलाई देख्न पनि नचाहेको धारणा राखे ।

प्रजातन्त्रको मेरुदण्ड सञ्चारजगत भएको उल्लेख गर्दै सञ्चारजगत बलियो भएमात्र प्रजातन्त्र बलियो हुने थापाको भनाइ थियो । कसैको दवाव र प्रभावमा नपरी स्वतन्त्र र सत्यको आधारमा निष्पक्ष पत्रकारिता गर्न थापाले आग्रह गरे ।

राप्रपाका नेता तथा पूर्वमन्त्री दिपक बोहोराले मिडिया खेमावन्दीमा परेकाले सत्यतथ्य र निष्पक्षीय समाचारहरुले ठाउं नपाएको दावी गरे । उनले राष्ट्रवादी धारमा स्वतन्त्र पत्रकारिताको आवश्यक्ता रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले नेपालमा व्यवस्था परिवर्तन गर्ने बेला आएको बताए ।

राज्य व्यवस्था परिवर्तका लागि सबै हिन्दुवादी र राष्ट्रवादीलाई एक ठाउंमा ल्याउनुपर्नेमा उनको जोड थियो । मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडी,पत्रकार वालकृष्ण चापागाई लगायतले बोलेका थिए । मिडिया नेपालको राष्ट्रिय भेला दुई दिन २१ r २२ गतेसम्म चल्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको बिहार राज्यका मनोज कुमार यादव घर्संदै नेपाल आइपुगेका छन् । धार्मिक आस्था र संकल्पका साथ यात्रा सुरु गरेका यादव आइतबार, जेठ १० गते काठमाडौंस्थित पशुपतिनाथ मन्दिर पुग्न सफल भएका हुन् । भारतबाट नेपालसम्मको यात्रा शरीर घर्संदै पूरा गरेका यादवलाइ यो कठिन यात्रा पूरा गर्न पुरै ६ महिना २२ दिन लागेको उनले बताए […]

*वास्तवमा के भएको हो:* *राजीनामा*: सुधन गुरुङले २ अप्रिल २०२६ मा गृह मन्त्रीबाट राजीनामा दिएका थिए। शेयर कारोबार र विवादास्पद व्यवसायी दीपक भट्टसँगको सम्बन्धको विषयमा प्रश्न उठेपछि उनले निष्पक्ष छानबिनका लागि आफैं राजीनामा दिएका थिए। – *हालको अवस्था*: राजीनामा स्वीकृत भएपछि प्रधानमन्त्री बालेन शाह आफैंले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्। – *छानबिन समिति*: तिमीले भनेको […]

नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन्। पछिल्लो १० दिनमा चौथो पटक गरिएको यो मूल्यवृद्धिले देशको इन्धन बजारमा निरन्तर अस्थिरता देखिएको छ। फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा अटोमोबाइल इन्धनको मूल्य करिब पाँच प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा उत्पन्न तनावले […]

error: Content is protected !!