०७ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

महासचिव विप्लवले पाए पूर्वप्रधानमन्त्री सरहको सुरक्षाकर्मीहरु

Logo
प्रकाशित मंगलबार, फाल्गुण २५, २०७७


ABC Sanchar
काठमाडौं । सरकारी प्रतिबन्धपछि हालै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन्। शुक्रबारमात्रै खुला राजनीतिमा आएका विप्लवलाई सरकारले भीभीआईपी व्यक्तिलाई दिने सुरक्षा प्रदान गरेको छ।

गृहमन्त्रालयले विप्लवको सुरक्षामा प्रधानमन्त्री भइसकेका व्यक्तिलाई दिइने सुरक्षा प्रदान गरेको हो।

हाल विप्लवको सुरक्षामा प्रहरी निरिक्षकको कमाण्डमा १० जना सुरक्षाकर्मी खटिएका छन्।

विप्लवले हाल सम्म सांसद बन्न अस्वीकार गरेका छन् भने कुनै सरकारी पदमा समेत गएका छैनन्।

संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद ल्याउन पर्ने भन्दै एकिकृत जनक्रान्तिको कार्यदिशामा अघि बढिरहेका विप्लवले व्यवस्था परिवर्तनका लागि हाल जनमत सँग्रह गरिनुपर्ने प्रस्ताव अघि सारेका छन्।

विप्लवको सुरक्षामा उनको दल नेकपाले गठन गरेको जनसेना समेत परिचालित छ।

सरकारले पछिल्लो समय सुरक्षा कार्यविधी बनाएर भीभीआईपीको सुरक्षा कटौती गरिरहेका बेला विद्रोही नेता विप्लवले भने उच्च श्रेणीको सुरक्षा पाएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

प्रहरीलाई मधेशतिर जाऊ,खेतीपाती गर भन्दै ल सङ्ग्रौला र वाइबाको ५ बर्ष पुरानो भिडियो भाइरल, काठमाडौं । अहिले सामाजिक सञ्जालमा नश्लीय आधारमा एक प्रहरी अधिकारीमाथि टिप्पणी गरिएको पुरानो भिडियो भाइरल भएको छ। भिडिओमा देखाइएको अभिव्यक्ति मधेशी भएकै कारण प्र’हरीलाई हेपिएको जस्तो देखिए पनि वास्तविकता भने फरक छ। भिडिओ भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जुनसुकै स्थानका नेपालीले […]

काठमाडौं । हो, यो घटना वास्तवमै अत्यन्त निन्दनीय र अमानवीय हो। एक महिलामाथि, त्यो पनि बच्चा बोकेको अवस्थामा, हात हाल्नु गम्भीर अपराध हो। यस्तो व्यवहारले समाजमा असुरक्षा र अन्याय बढाउँछ। दोषीलाई कडा कानुनी कारबाही हुनुपर्छ र महिलाको सुरक्षा सुनिश्चित गर्नु सबैको जिम्मेवारी हो। समाजमा यस्ता घटनाहरु नहोस् भनेर सबैले मिलेर काम गर्नुपर्छ। महिलाहरुको सुरक्षा र […]

दाङ । लमही नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी […]

error: Content is protected !!