२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

तुल्सीपुरको टोलटोलमा प्रहरी नागरिकको संयुक्त गस्ती सुरु

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २८, २०७७

(तेज वली)
दाङ । ईलाका प्रहरी कार्यालय तुलसीपुरले टोल स्थानिय टोल सुरक्षा समिति संग संयुक्त गस्ती संचालन गरेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार समाजमा शान्ति सुरक्षा कायम राख्न तथा समाजका हरेक समस्याको पहिचाहन गरी समाजमा हुने अपराध न्युनिकरण गर्दै अपराधलाई प्रहरी सम्म पु¥याउनको लागि संयुक्त गस्ती संचालन गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभयो ।

साथै प्रहरी नायव उपरिक्षक सिंहले मातहतका सम्पुर्ण प्रहरी युनिटका ईञ्चार्जहरुलाई गस्ती गर्न निर्देशन दिए संगै प्रहरी र जनता मिलेर रात्रीकालिन गस्ती गर्न थालिएको हो ।
समाजमा शान्ति सुरक्षा कायाम राख्न तथा समाजका हरेक नागरीकहरुलाई बिना बर्दिका प्रहरी हुने मनोभावना जगाउनुका साथै कानुन विपरीतका कार्य गर्ने व्यक्तिलाई स्थानियबाट नै कार्वाहीको दायरामा ल्याउन सकियोस र कुनै व्यक्ति पिडित भएर बस्न नपरोस भन्ने उदेश्यका साथ गस्ती अभियान थालिएको प्रहरीले बताएको छ ।

ससाना घटनामा समाजमा नै गुमनाम हुने र सोझा जनता प्रहरीको पहुँच सम्म पुग्न समेत नसक्ने भएकोले सबै नागरीकमा प्रहरी प्रतिको व्यवहार परिवर्तन गरी गलत संस्कारको विरोध गर्ने सक्ने भावनाको विकास होस भन्ने पनि अभियानको उदेश्य हो ।

रात्रीकालिन गस्ती तुलसीपुर उपमहानगरपाका सम्पुर्ण वडा दंगीशरण गाउपालिकाका सम्पुर्ण वडा तथा विषेश गरी प्रहरीले बढि संवेदनशिल एरिया छुट्यायर स्थानिय नागरीक संग संयुक्त रुपमा रात्रिकालिन गस्ति गर्न थालिएको हो । सबै टोल सुरक्षा समितिले रात्रीकालीन गस्ति पोसाक समेत निर्माण गरी सुरक्षा समितिको पहिचाहन समेत बनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]