०५ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

२० वर्षपछि खुल्दै डकुमेन्ट्री हेर्न पाइने नारायणहिटी भित्रको सिनेमा घर

Logo
प्रकाशित सोमबार, चैत्र ०२, २०७७

ABC Sanchar
काठमाडौँ । नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल खुल्ने भएको छ। पुरानो राजदरबार भित्र रहेको सिनेमा हल वैशाखदेखि सञ्चालनमा आउने भएको हो ।

वि.स. २०५८ मा दरबार हत्याकाण्ड भएदेखि उक्त सिनेमा हल बन्द गरिएको थियो । दरबारभित्रको यो सिनेमा हलमा सर्वसाधारणले पनि डकुमेन्ट्री हेर्ने पाउने छन्।

तत्कालीन राजपरिवारका सदस्यलाई सिनेमा हेर्न २०२६ सालमा फिल्म हल बनाइएको थियो। तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्या हुनु पहिले २०५८ सालसम्म यो सिनेमा हल चालु थियो। २०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भएपछि बन्द रहेको यो सिनेमा हल सञ्चालनको तयारी गरिएको हो ।

सङ्ग्रहालय घुम्न लिइएको टिकटबाट नै फिल्म, डकुमेन्ट्रीसमेत हेर्न मिल्ने व्यवस्था मिलाउन लागिएको छ। वीरेन्द्रको विवाहको भिडिओ खिचेको रिल पनि रहेकोले त्यो पनि देखाउने तयारी छ।

दरबारभित्र सिनेमा हलको क्षमता एक सय जनाभन्दा बढी अट्ने छ। तत्कालीन राजा सहभागी रहेका देशविदेशका महत्त्वपूर्ण कार्यक्रम (इभेन्ट) का भिडिओहरूको रिल पनि सुरक्षित रहेकोले ती भिडिओ पनि सर्वसाधारणले हेर्न पाउने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

error: Content is protected !!