०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

२० वर्षपछि खुल्दै डकुमेन्ट्री हेर्न पाइने नारायणहिटी भित्रको सिनेमा घर

Logo
प्रकाशित सोमबार, चैत्र ०२, २०७७

ABC Sanchar
काठमाडौँ । नारायणहिटी संग्रहालयभित्र रहेको सिनेमा हल खुल्ने भएको छ। पुरानो राजदरबार भित्र रहेको सिनेमा हल वैशाखदेखि सञ्चालनमा आउने भएको हो ।

वि.स. २०५८ मा दरबार हत्याकाण्ड भएदेखि उक्त सिनेमा हल बन्द गरिएको थियो । दरबारभित्रको यो सिनेमा हलमा सर्वसाधारणले पनि डकुमेन्ट्री हेर्ने पाउने छन्।

तत्कालीन राजपरिवारका सदस्यलाई सिनेमा हेर्न २०२६ सालमा फिल्म हल बनाइएको थियो। तत्कालीन राजा वीरेन्द्र शाहसहित उनका परिवारका सदस्यको हत्या हुनु पहिले २०५८ सालसम्म यो सिनेमा हल चालु थियो। २०५८ जेठ १९ मा दरबार हत्याकाण्ड भएपछि बन्द रहेको यो सिनेमा हल सञ्चालनको तयारी गरिएको हो ।

सङ्ग्रहालय घुम्न लिइएको टिकटबाट नै फिल्म, डकुमेन्ट्रीसमेत हेर्न मिल्ने व्यवस्था मिलाउन लागिएको छ। वीरेन्द्रको विवाहको भिडिओ खिचेको रिल पनि रहेकोले त्यो पनि देखाउने तयारी छ।

दरबारभित्र सिनेमा हलको क्षमता एक सय जनाभन्दा बढी अट्ने छ। तत्कालीन राजा सहभागी रहेका देशविदेशका महत्त्वपूर्ण कार्यक्रम (इभेन्ट) का भिडिओहरूको रिल पनि सुरक्षित रहेकोले ती भिडिओ पनि सर्वसाधारणले हेर्न पाउने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!