१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

३ दिने बिश्लेषणात्मक चिन्तन तालिम सम्पन्न

Logo
प्रकाशित आइतबार, जेठ २७, २०७५

रमेश गिरी,२७ जेठ प्युठान

प्युठान नगरपालिका वडा न. १० काे अायाेजनामा ३ दिने विश्लेषणात्मक चिन्तन तालिम अाज सम्पन्न भएकाे छ ।
प्युठान नगरपालिका वडा नम्वर १० का २५ जना र वडा न ९ बाट ८ जना गरि ३३ जना शिक्षकहरूकाे सहभागिता रहेकाे थियाे ।
प्रभावकारी रूपमा शिक्षण गर्न सहयाेग पुगाेस भन्ने उद्धेश्यका साथ वडा नम्वर १० ले अायाेजना गरेकाे थियाे ।
उक्त तालिमकाे प्रशिक्षण वुटबल बहुमुखी क्याम्पसका उप प्रमुख डा: सुरेन्द्र गिरी ,र सहायक प्राध्यापक प्रकाश पाैडेलले गर्नु भएकाे थियाे ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि एवम नगरप्रमुख अर्जुन कुमार कक्षपतीले शैक्षिक स्तरमा परिवर्तन ल्याउन नगरपालिकाले जुनसुकै सहयाेग गर्न पनि तयार रहेकाे वताउनु भएकाे थियाे । यस तालिमबाट सिकेका कुराहरूलाई व्यवहार लागू गर्न सबै सहभागी शिक्षकलाई निर्देशन समेत दिनु भएकाे छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य रेशमा केसी, नगरपालिका शिक्षा एकाईका स्राेत व्याक्ति सविना पण्डित,वडा न. ९ का वडा अध्यक्ष नेहरसिंह केसी लगाएका वक्ताले तालिममा सहभागी भई सफलतापुर्वक तालिम लिनु भएकाेमा धन्यवाद दिनु भएकाे थियाे ।
समापन कार्यक्रमकाे अध्यक्षता वडा न१० का वडा अध्यक्ष पदम गिरीले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे सञ्चालन वडा सचिव डुक वहादुर थापाले गर्नु भएकाे थियाे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!