११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

कर्णाली प्रदेशमा मुख्यमन्त्री हटलाइन सेवा सुरु ; हटलाइन न. १०९६

Logo
प्रकाशित आइतबार, जेठ २७, २०७५

२७ जेठ २०७५
सुर्खेत – कर्णाली प्रदेशमा नागरिकको समस्या, गुनासा सुन्नको लागि हेल्लो मुख्यमन्त्री हटलाइन सेवा सुरु गरिएको छ ।

अब नागरिकहरुले आफ्ना समस्या केही गुनासा भए पैसा नलाग्ने नम्बर १०९६ मा फोन गरेर भन्न सक्नेछन् । कर्णाली प्रदेशको समृद्धि, विकास र सुशासनका लागि नागरिकको पनि सहभागिता गराउन कर्णाली प्रदेशले प्रदेशभित्रका समस्या, गुनासा फोन गरेर उजूरी गर्न तथा जानकारी दिन हटलाइन सेवा सुरु गरेको हो ।

नागरिकको सान–साना बस्तुगत समस्या बुझेर योजना बनाउन सहयोग पुग्ने भएकाले हटलाइन सेवा सञ्चालन गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो ।

‘यसले नागरिक र सरकारबीच नजिक पनि गराउँछ र नागरिकको तल्लो तहका सान–साना बस्तुगत समस्या के कस्ता छन् ? के आवश्यक छ, भनेर बुझ्न सहयोग गर्छ र यसले हामीलाई कर्णाली प्रदेशको योजना बनाउन पनि सहयोग पुग्छ’, मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘यस हटलाइन सेवा मार्फत कसरी सुशासन कायम गर्न सकिन्छ र नागरिकलाई न्याय दिन सकिन्छ भनेर हामीलाई पनि सजक गराउँछ ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको धेरै ठाउँहरुमा अझै टेलिफोन सेवा र इन्टरनेटको सेवा नपुगेकोले सरकारले छिट्टै टेलिफोन र इन्टरनेटको सेवा पु¥याउने बताउनुभयो । उहाँले चार–पाँच महिना भित्रै गाउँगाउँमा इन्टरनेट सेवा पुर्‍याउने बताउनुभयो ।

बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटलाइन सेवाको सुरुवात गर्नुभएको हो । मुख्य मन्त्री शाहीलाई हटलाइनबाट कालिकोटको नरहरीनाथ गाउँपालिका–९, मा कुटपिटबाट दलित महिला सदस्य मना सार्कीको हत्या भएको भन्दै कारबाही गर्न मनाका छोरा प्रेम सार्कीले फोनमार्फत अनुरोध गर्नुभयो । फोनमा मुख्यमन्त्री शाहीले घटनाको छानबिन गरी आवश्यक कारबाही गरिने आश्वासन दिनुभयो ।

त्यतिबेलै हटलाइनमा अर्को फोन आयो । त्यो फोन रुकुम पश्चिम मुसिकोट नगरपालिकाका दीपक बाँठा मगरले गर्नुभएको थियो । उहाँले त्रिभुवन जनता मावि र साना शहरी खानेपानी आयोजनाको कार्यमा लापरबाही गरेको र बर्षादेखि निर्माण कार्य अलपत्र पर्दा नागरिकले खानेपानी समस्याको बारेमा गुनासो गर्नुभयो ।

मुख्यमन्त्री शाहीले फोनमा समस्याको समाधान हुने आश्वासन दिनुभयो । उहाँले हटलाइनबाट आएका समस्या र गुनासो टिपोट गर्दै सम्बन्धित निकायमा निर्देशन दिने आश्वासन दिनुभयो ।

“प्रदेशका मन्त्रालय र कार्यालय वेबसाइट सञ्चालन”

यस्तै, प्रदेश सरकारले आफ्नो मातहतमा रहेका मन्त्रालय तथा कार्यालयहरुको वेबसाइट पनि बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका मन्त्रालय तथा कार्यालयहरुको वेबसाइटहरुको पनि उद्घाटन गर्नुभयो ।

प्रदेशले गरेका गतिविधिहरुका बारेमा नागरिक समक्ष सूचना प्रवाह गर्न कर्णाली प्रदेश सरकारले karnali.gov.np वेबसाइट सञ्चालनमा ल्याएको छ । वेबाइटमा कर्णालीको बारेमा पनि भूगोल, धार्मिक तथा पर्यटकीय स्थलहरु पनि राखिएका छन् । सरकारले फेसबुक र ट्वीटर ह्याडलको पनि प्रयोग गरेको छ ।

वेबसाइटमा मन्त्रालय तथा कार्यालयहरुको बेवसाइटहरुको लिंक राखिएको छ । वेबसाइटकै पोर्टलको माध्यमबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश सचिवालय, प्रदेश प्रमुख कार्यालय, समाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रादेशिक लेखा नियन्त्रण कार्यालयको बेवसाइट हेर्न सकिनेछ ।

यस्तै वेबसाइटमा कर्णाली प्रदेश अन्र्तगत रहेका स्थानीय तहहरुको वेबसाइडको लिंक र स्थानीय तहहरुको विवरण तथा जीआइएस नक्सा राखिएको छ । बेवसाइटमै नागरिकको गुनासा र समस्या लिने व्यवस्था पनि गरिएको छ ।
-उज्यालो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

error: Content is protected !!