२० आषाढ २०८२, शनिबार
05-07-2025 , Sat
×

कर्णाली प्रदेशमा मुख्यमन्त्री हटलाइन सेवा सुरु ; हटलाइन न. १०९६

Logo
प्रकाशित आइतबार, जेठ २७, २०७५

२७ जेठ २०७५
सुर्खेत – कर्णाली प्रदेशमा नागरिकको समस्या, गुनासा सुन्नको लागि हेल्लो मुख्यमन्त्री हटलाइन सेवा सुरु गरिएको छ ।

अब नागरिकहरुले आफ्ना समस्या केही गुनासा भए पैसा नलाग्ने नम्बर १०९६ मा फोन गरेर भन्न सक्नेछन् । कर्णाली प्रदेशको समृद्धि, विकास र सुशासनका लागि नागरिकको पनि सहभागिता गराउन कर्णाली प्रदेशले प्रदेशभित्रका समस्या, गुनासा फोन गरेर उजूरी गर्न तथा जानकारी दिन हटलाइन सेवा सुरु गरेको हो ।

नागरिकको सान–साना बस्तुगत समस्या बुझेर योजना बनाउन सहयोग पुग्ने भएकाले हटलाइन सेवा सञ्चालन गरिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताउनुभयो ।

‘यसले नागरिक र सरकारबीच नजिक पनि गराउँछ र नागरिकको तल्लो तहका सान–साना बस्तुगत समस्या के कस्ता छन् ? के आवश्यक छ, भनेर बुझ्न सहयोग गर्छ र यसले हामीलाई कर्णाली प्रदेशको योजना बनाउन पनि सहयोग पुग्छ’, मुख्यमन्त्री शाहीले भन्नुभयो, ‘यस हटलाइन सेवा मार्फत कसरी सुशासन कायम गर्न सकिन्छ र नागरिकलाई न्याय दिन सकिन्छ भनेर हामीलाई पनि सजक गराउँछ ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको धेरै ठाउँहरुमा अझै टेलिफोन सेवा र इन्टरनेटको सेवा नपुगेकोले सरकारले छिट्टै टेलिफोन र इन्टरनेटको सेवा पु¥याउने बताउनुभयो । उहाँले चार–पाँच महिना भित्रै गाउँगाउँमा इन्टरनेट सेवा पुर्‍याउने बताउनुभयो ।

बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटलाइन सेवाको सुरुवात गर्नुभएको हो । मुख्य मन्त्री शाहीलाई हटलाइनबाट कालिकोटको नरहरीनाथ गाउँपालिका–९, मा कुटपिटबाट दलित महिला सदस्य मना सार्कीको हत्या भएको भन्दै कारबाही गर्न मनाका छोरा प्रेम सार्कीले फोनमार्फत अनुरोध गर्नुभयो । फोनमा मुख्यमन्त्री शाहीले घटनाको छानबिन गरी आवश्यक कारबाही गरिने आश्वासन दिनुभयो ।

त्यतिबेलै हटलाइनमा अर्को फोन आयो । त्यो फोन रुकुम पश्चिम मुसिकोट नगरपालिकाका दीपक बाँठा मगरले गर्नुभएको थियो । उहाँले त्रिभुवन जनता मावि र साना शहरी खानेपानी आयोजनाको कार्यमा लापरबाही गरेको र बर्षादेखि निर्माण कार्य अलपत्र पर्दा नागरिकले खानेपानी समस्याको बारेमा गुनासो गर्नुभयो ।

मुख्यमन्त्री शाहीले फोनमा समस्याको समाधान हुने आश्वासन दिनुभयो । उहाँले हटलाइनबाट आएका समस्या र गुनासो टिपोट गर्दै सम्बन्धित निकायमा निर्देशन दिने आश्वासन दिनुभयो ।

“प्रदेशका मन्त्रालय र कार्यालय वेबसाइट सञ्चालन”

यस्तै, प्रदेश सरकारले आफ्नो मातहतमा रहेका मन्त्रालय तथा कार्यालयहरुको वेबसाइट पनि बिहीबारदेखि सञ्चालनमा ल्याएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशका मन्त्रालय तथा कार्यालयहरुको वेबसाइटहरुको पनि उद्घाटन गर्नुभयो ।

प्रदेशले गरेका गतिविधिहरुका बारेमा नागरिक समक्ष सूचना प्रवाह गर्न कर्णाली प्रदेश सरकारले karnali.gov.np वेबसाइट सञ्चालनमा ल्याएको छ । वेबाइटमा कर्णालीको बारेमा पनि भूगोल, धार्मिक तथा पर्यटकीय स्थलहरु पनि राखिएका छन् । सरकारले फेसबुक र ट्वीटर ह्याडलको पनि प्रयोग गरेको छ ।

वेबसाइटमा मन्त्रालय तथा कार्यालयहरुको बेवसाइटहरुको लिंक राखिएको छ । वेबसाइटकै पोर्टलको माध्यमबाट मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश सचिवालय, प्रदेश प्रमुख कार्यालय, समाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रादेशिक लेखा नियन्त्रण कार्यालयको बेवसाइट हेर्न सकिनेछ ।

यस्तै वेबसाइटमा कर्णाली प्रदेश अन्र्तगत रहेका स्थानीय तहहरुको वेबसाइडको लिंक र स्थानीय तहहरुको विवरण तथा जीआइएस नक्सा राखिएको छ । बेवसाइटमै नागरिकको गुनासा र समस्या लिने व्यवस्था पनि गरिएको छ ।
-उज्यालो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्न सर्लाही प्रहरीले जिल्लाका सम्पूर्ण युनिटलाई पूर्ण तयारी अवस्थामा राखेको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले […]

  काठमाडौं । रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो । गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका […]

  दाङ । विजौरी बजारमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै पसल अगाडी आफै सरसफाई गर्नुहोला भन्दै माइकिङ समेत गरिएको थियो। भने उक्त सरसफाईमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर-१९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नु भएको थियो । यो समयमा  अत्याधिक रुपमा डेंगु रोग लाग्ने भएकाले आ-आफ्नो पसलको वरिपरि तथा घरअगाडी […]

error: Content is protected !!