१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

तुल्सीपुरमा बस दुर्घटना हुदा ४२ जना

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

(तेज वली) दाङ । तुलसीपुर स्थित पब्लिक ज्ञानज्योती माविको विद्यार्थी बोकेको रा १ क ४३३ नम्बरको बस तुलसीपुर १५ सरैयामा दुर्घटना हुदा तुलसीपुर १६ निबासी १९ बर्षिया सम्झना केसीको मृत्युभएको हो । दुर्घटनामा परि बसका सह चालक सहित २६ जना घाईते भएका छन् । घाईतेहरु मध्य १० जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको र अन्य घाईतेहरु तुलसपुरका विभिन्न अस्पतालमा उपचार पछि डिस्चार्ज भएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । गाउँमा पुगेर विद्यार्थी लिई विद्यालय फर्कदै गरेको बस तिब्र गतिमा रहेको र सरैया चोकमा दुर्घटनामा परेको विद्यार्थीहरुले बताएका छन् । चालक फरार रहेको र खोजी भैरहेको प्रहरीको भनाई छ ।

यसैविच आज तुलसीपुर क्षेत्रका निजी विद्यालयहरु बन्द भएका छन् । बस दुर्घटनामा परि एक छात्राको निधन भएको शोक र घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै प्याबसन र एन प्याबसनमा आबद्ध सबै निजी विद्यालयहरु बन्द भएका हुन् ।

यता बंगलाचुली गाउँपालिकाको मुलाबारीबाट घोराही आउदै गरेको बस दुर्घटना हुदा १६ जना घाईते भएका छन् । रा १ ख २१५६ नम्बरको बस घोराही उपमहानगरपालिका ४ लक्ष्मीपुरमा दुर्घटना हुदा १६ जना यात्रु घाईते भएका हुन् । घाईते मध्य घोराही २ का ४४ बर्षिय मिना सुनारको अबस्था गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । बस तिब्र गतिका कारण अनियन्त्रित भएर पल्टीएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]