०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

तुलसीपुरका कैदीबन्दीलाई सकारात्मक सोच सम्बन्धी प्रशिक्षण

Logo
प्रकाशित बुधबार, चैत्र ११, २०७७

 

(तेज वली)
तुल्सीपुर । दाङका कारागारहरुमा सकारात्मक सोच सम्बन्धी प्रशिक्षण कार्यक्रम सुरु भएको छ । मंगलबार तुलसीपुर कारागारमा विभिन्न अपराधमा जेल जीवन बिताइरहेका महिला तथा किशोरीहरुलाई सकारात्मक सोच सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काठमाण्डौको आयोजनामा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले एक कार्यक्रमका बिच आज प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रमुख पौडेलले बाँकी जिवनलाई तनाव मुक्त बनाउन जीवन उपयोगी सीपको विकास गर्दै तनाव ब्यबस्थापनमा लाग्नु पर्ने बताए ।

उनले कारागार सुधारका कार्यक्रमहरुलाई आफुले प्राथमिकतामा राखेर काम गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । सो अवसरमा जीवन उपयोगी सिपको बारेमा जमुना महर्जन, शारिरीक स्वास्थ्य र मानसिक सवलताका बारेमा अनुराधा आचार्य, सिन्धु पाठक, पविना मिश्र लगायतले प्रशिक्षण दिएका थिए । तुलसीपुर कारागारमा २५ जना महिला र पाँच जना बालबालिका रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!