०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

महिनोदेखि बेपत्ता झा दम्पतीको बिहीबार शव फेला

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

ABC (क्राईमबिट)
महोत्तरी । २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले झा दम्पतीको शव फेला परेको पुष्टि गरेका छन् ।

डीआईजी सिंहका अनुसार झा दम्पतीको शव महोत्तरीको पिपरा गाउँपालिका-२ मा बाटोको छेउमै गाडीको अवस्थामा फेला परेको हो ।

‘बाटो छेउमै जमिनमुनि ि५ फिट तल गाडीको अवस्थामा दुवै जनाको शव फेला परेको छ। डीआईजी

सिंहका अनुसार झा दम्पतीको शव उनीहरुको घरभन्दा ३ किलोमिटर पर दक्षिणतर्फ फेला परेको हो ।

प्रहरीको सर्च अपरेशनका क्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो नेतृत्वको टोलीले झा दम्पतीको शव फेला परेको हो ।

गत फागुन ११ गतेदेखि महोत्तरीको पिपरा गाउँपालिकाका सहोरवा गाउँका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झा बेपत्ता भएका थिए ।

झा दम्पतीको अपहरण गरेको अभियोगमा केही दिन अगाडि मात्रै प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । प्रहरीले मुसाफिरका छिमेकी रामबाबु यादव र उनका दुई छोरा तथा एक भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेको डिआईजी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!