०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

महिनोदेखि बेपत्ता झा दम्पतीको बिहीबार शव फेला

Logo
प्रकाशित बिहिबार, चैत्र १२, २०७७

ABC (क्राईमबिट)
महोत्तरी । २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले झा दम्पतीको शव फेला परेको पुष्टि गरेका छन् ।

डीआईजी सिंहका अनुसार झा दम्पतीको शव महोत्तरीको पिपरा गाउँपालिका-२ मा बाटोको छेउमै गाडीको अवस्थामा फेला परेको हो ।

‘बाटो छेउमै जमिनमुनि ि५ फिट तल गाडीको अवस्थामा दुवै जनाको शव फेला परेको छ। डीआईजी

सिंहका अनुसार झा दम्पतीको शव उनीहरुको घरभन्दा ३ किलोमिटर पर दक्षिणतर्फ फेला परेको हो ।

प्रहरीको सर्च अपरेशनका क्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्ञानकुमार महतो नेतृत्वको टोलीले झा दम्पतीको शव फेला परेको हो ।

गत फागुन ११ गतेदेखि महोत्तरीको पिपरा गाउँपालिकाका सहोरवा गाउँका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी झा बेपत्ता भएका थिए ।

झा दम्पतीको अपहरण गरेको अभियोगमा केही दिन अगाडि मात्रै प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । प्रहरीले मुसाफिरका छिमेकी रामबाबु यादव र उनका दुई छोरा तथा एक भारतीय नागरिक हरेन्द्र ठाकुरलाई पक्राउ गरेको डिआईजी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो । कार्यालयका एक प्रहरीका अनुसार पक्राउ पर्नेमा भक्तपुरको चागुनारायण नगरपालिका-६ नगरकोटका ४१ वर्षीय गणेशबहादुर तामाङ हुन् । केही दिन अघि नगरकोट जाने बाटोमै तामाङले दुई  युवकहरूमाथि कुटपिट गरेका थिए । कुटपिटको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले खोजी […]

दाङ । तुल्सीपुर चलचित्र पत्रकार संघ दाङ शाखाको कार्यसमिति चयनप्रति मेरो गम्भीर आपत्ति रहेको जानकारी गराउन चाहन्छु । म चलचित्र पत्रकार सङ्घ दाङमा दुई कार्यकाल कार्यसमिति सदस्यको रूपमा जिम्मेवारी निर्वाह गरिसकेको व्यक्ति हुँ । संस्थाप्रतिको माया, लगाव र निरन्तर सक्रियताका कारण यस पटक सचिव पदमा मेरो स्वाभाविक आकांक्षा पनि थियो । तर दुर्भाग्यवश, संस्थाको विधि, […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक हरि बहादुर बि.सी.बाट कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, विभिन्न शाखाहरु, मेश, ब्यारेक तथा वाड एरियाको निरीक्षण गर्नुका साथै आवश्यक निर्देशन प्रदान गर्नु भएको ।

error: Content is protected !!