०६ आश्विन २०८३, मंगलबार
22-09-2026 , Tue
×

काठमाडौंको धारामा आइतबारदेखि मेलम्चीको पानी आउने

Logo
प्रकाशित शुक्रबार, चैत्र १३, २०७७

ABC Sanchar
काठमाडौं । बहुप्रतीक्षित मेलम्ची पानी काठमाडौंवासीका धारामा बल्ल झर्ने भएको छ ।
सरकारले आइतबारदेखि काठमाडौंका धारामा मेलम्ची पानी छाड्ने तयारी गरेको खबर राजधानी दैनिकमा छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गर्न लागिएको छ ।

आगामी २० चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची पानी कार्यक्रम उद्घाटन गर्ने तयारी छ ।

उनीबाट भृकुटी मण्डपस्थित जडित नयाँ धाराको टुटी खोलेर मेलम्ची पानी उद्घाटन गरिंदै छ । त्यसअघि नै आइतबारदेखि मेलम्ची उपआयोजनाअन्तर्गत आयोजना निर्देशनालयले १५ चैतमा ४ करोड लिटर पानी छाड्ने छ । यसको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरिएको छ ।

त्यस दिन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाडिनेछ । आगामी २१ चैतमा पानीपोखरी र बाँसबारीस्थित ओभरहेड ट्यांकीमा दैनिक साढे ८ करोड लिटर पानी छाडेर सो प्रणालीबाट वितरण हुने क्षेत्रका उपभोक्ताका घरमा पानी आपूर्ति हुनेछ । दुई सातापछि भने भक्तपुरमा मेलम्ची पानी छाडिने जनाइएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]

अबको आन्दोलन सडकमै बस्ने, सडकमै खाने, सडकमै सुत्ने हुनेछ : स्थानीयवासीहरू घोराही । घोराही–सिस्ने खोला–मुर्कुटी सडक निर्माणका लागि ठोस योजना नबनाइए तिहारपछि कडा आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। वर्षौं बितिसक्दा पनि सडकको अवस्था सुधार नभएको भन्दै मंगलबार विभिन्न टोल विकास संस्था तथा स्थानीयवासीका प्रतिनिधिहरूले सडक डिभिजन कार्यालय दाङमा पुगेर यस्तो चेतावनी दिएका हुन्। स्थानीयवासीका […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिनासमेत देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीमा रहेका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँकेले असार, साउन र भदौमा लगातार पहिलो स्थान हासिल गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो नौ महिनाको मूल्याङ्कनमा बाँके पाँचपटक प्रथम र एकपटक दोस्रो भएको छ। यसअघि चैत र वैशाखमा पनि बाँके […]