०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

उच्चअदालत न्यायाधीशद्वयले फुल्टेक्रा तालको पोष्टमार्टम गर्ने आदेश जारी

Logo
प्रकाशित शुक्रबार, चैत्र २०, २०७७


ABC SANCHAR
बाँके । वर्षौदेखिको विवादित बन्दै आएको सैयौं वर्ष पुरानो ऐतिहासिक फुल्टेक्रा ताललाई उच्च प्राथमिकतामा राखी ऐतिहासिक रूपमा बुधबार उच्च अदालत तुसलीपुर नेपालगन्ज ईजलास बाँकेका न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र ध्रुबराज नन्दले अवलोकन गरी विहिबार फुल्टेक्रा तालको पोष्टमार्टम गर्ने आदेश जारी गर्दै गत २०७७/११/११ मा जारी आदेशलाई यथावत राख्ने आदेश गरेका छन् । तत्काललाई ०७७/११/११ गतेका आदेशानुसार सम्बन्धित पक्षले उक्त ताल क्षेत्रमा कुनै संरचना निर्माण नगर्ने नगराउने सम्बन्धमा रहेको छ ।
इतिहास बोकेको फुल्टेक्रा ताल बारे गहन अध्ययन र वास्तविकता बुझ्न न्यायमूर्तिद्वय स्वयं स्थलगत अवलोकन गरी आज बिहिबार गरेका विभिन्न आदेशमार्फत उक्त स्थानमा ताल नै रहेको स्पष्ट हुन जान्छ भने उक्त अवलोकनका क्रममा प्रदर्शन गर्न पुगेका ६५/७० वर्षका ज्येष्ठ नागरिकहरुको भनाईले समेत प्रष्ट भएको देखिन्छ ।

न्यायमूर्तिद्वयद्वारा गरिएको आदेश नं. १ मा “निवेदन दावीको कि.नं. ५१५ को जग्गा नेपाल मोहरम तथा कर्बला संरक्षण समिति नेपालगन्ज, बाँकेले दर्ताको कारवाही चलाएकोमा सो कित्ता जग्गाको मालपोत कार्यालय सीमा छुट्याई फिल्डबुकमा कर्बला जनाईदिने भनी नेपाल सरकारबाट निर्णय भएको भन्ने मिसिल संलग्न रहेको मालपोत कार्यालय, बाँकेले मालपोत विभागलाई लेखेको च.नं. १२०८, मिति २०३२/०२/०८ गतेको पत्रकाट देखिएको हुँदा के कुन मितिमा के कस्तो प्रकारको निर्णय भएको हो वा होईन ? निर्णय भएको भए सो निर्णय अनुरुप श्रेस्तामा जनाइएको छ वा छैन ? उक्त पत्रको फोटोकपी साथै राखी पत्राचार गरी सो विषयमा मालपोत कार्यालयबाट दर्ता कारवाहीको मिसिल सहितको जवाफ तथा उक्त कि.नं. ५१५ को कैफियत खुलेको श्रेष्ताको प्रतिलिपि झिकाउनु” भनी उल्लेखि गरिएको छ भने यस आदेशबाट आउने दिनमा समेत सैयौं वर्ष पुरानो ऐतिहासिक तालको वास्तविकता के छ भनी स्पष्ट हुन जान्छ ।

यसैगरी “विवादमा रहेको कि.नं. ५१५ को प्लट रजिष्टर हेर्दा साविक कि.नं.४२३ बदर भई कि.नं. ५१४ र ५१५ कायम भएकोमा कि.नं. ५१४ अन्य व्यक्तिको नाउँमा दर्ता भई गएको भन्ने देखिएकोले उक्त कि.नं. ५१४ को दर्ता निर्णय सहितको मिसिल मालपोत कार्यालयबाट र उल्लेखित कि.नं.हरु देखिने फिल्डबुकको प्रतिलिपी सम्बन्धीत नापी कार्यालयबाट झिकाउनु” भनी आदेश नं. २ मा उल्लेख गरिएको छ ।
यसैगरी “श्रेस्तामा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११क कि.नं. ५१५ र २२९ को जग्गा हाल नयाँ नापीमा के कति नं. कित्ता कायम भएको छ ? कित्ता नं. परिवर्तन भएको भए सोको प्लट रजिष्टर र उक्त कि.नं. देखिने साविकको सर्भे नक्सा र हालको नक्सा प्रिन्टको प्रतिलिपी सोही नापी कार्यालयबाट र नयाँ कित्ता कायम भएको भए कि.नं. ५१५ र २२९ को श्रेस्ताको प्रतिलिपी मालपोट कार्यालयबाट झिकाउनु” भनी आदेश नं. ३ मा उल्लेख गरिएको छ ।
यसैगरी “निवेदन दावीको कि.नं. ५१५ र २२९ को जग्गाको हालको भौतिक अवस्था लगायतका संरचनाहरु देखिने गरी आवश्यक परे सम्बन्धीत नापी कार्यालयको प्राविधिकको सहयोग समेत लिई सर्भे नक्सालाई आधार बनाई मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ११७ बमोजिम नापनक्सा गरी मिसिल सामेल गर्नु” भनी आदेश नं. ४ मा उल्लेख गरिएको छ ।

यसैगरी “माथिका प्रकरणमा उल्लेख गरे बमोजिमको कार्य सम्पन्न भएको एक हप्ताभित्र अन्तरिम आदेश जारी हुने वा नहुने भन्ने सम्बन्धमा छलफल पेशी राख्नु । छलफल पेशीका दिनसम्मको लागि यस अदालतबाट मिति २०७७/११/११ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइएको छ, सो को जानकारी दुवै पक्षलाई दिनू” भनी आदेश नं. ५ मा उल्लेख गरिएको छ ।
आज उल्लेख गरिएको पोष्टमार्टम शब्द कुनै नौलो भने होईन, मान्छेले विष सेवन गरी आत्महत्य, हत्या वा के कसरी मृत्यु भएको हो भनी पत्ता लगाउन जसरी एउटा मृत व्यक्ति (लास) लाई चिरफार गरी उसको भित्रि अंगहरुबाट पत्ता लगाईन्छ । त्यसैगरी अवलोकन पश्चात न्यायमूर्तिद्वयद्वारा गरिएको विभिन्न आदेशहरुबाट समेत संकेत देखाउँछ । उक्त सैयौं वर्ष पुरानो इतिहास बोकेको फुल्टेक्रा तालको वास्तविकता के हो र के थियो भन्ने भनाई अधिवक्ता रामकुमार दिक्षितले राखे ।
आज बिहिबार गरिएको बहसमा निवेदकका तर्फबाट अधिवक्ताहरु सुनिलकुमार श्रेष्ठ, विश्वजित तिवारी, रामकुमार दिक्षित, विकास आचार्य, राकेशकुमार सोनी, प्रभाकर भट्टराई र सुदिपकुमार भट्टराईको उपस्थिति रहेको थियो । विपक्ष नेपालगन्ज उपमहानगरपालिकाका तर्फबाट अधिवक्ता भोलासिंह हमाल, टिकाजंग सिंह, लोकबहादुर शाहको उपस्थिति रहेको थियो भने विपक्षी जिल्ला प्रशासन कार्यालय बाँकेका तर्फबाट सहायक न्यायाधिवक्ता हरिसप्रसाद भट्टको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । लागुऔषध बरामद गर्ने क्रममा सुरक्षाकर्मीले मोटरसाइकलमा कालो प्लास्टिकको पोको राखेको भिडिओ सामाजिक सञ्जालमा प्रसारित भएपछि सशस्त्र प्रहरीले त्यसबारे स्पष्टीकरण दिएको छ। भुइँमा खसेको लागुऔषधको पोका टिपेर मोटरसाइकलमै राखिएको दृश्यलाई गलत अर्थ लगाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्। उनका अनुसार कात्तिक ४ गते दिउँसो करिब साढे २ बजे सशस्त्र प्रहरी […]

  दाङ । भालुवाङ इलाका प्रहरी कार्यालय भालुवाङ दाङले चेकजाँचका क्रममा बिलबिजक नभएका विभिन्न सामानहरू बरामद गरेको छ। प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ क्षेत्रमा नियमित चेकजाँच गर्ने क्रममा शंकास्पद रूपमा ल्याइँदै गरेका सामानको बिलबिजक माग्दा पेस गर्न नसकेपछि बरामद गरिएको हो। बरामद सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालयमा पठाइने प्रक्रिया अघि बढाइएको इलाका […]

  बाँके । राप्तीसोनारी गाउँपालिका १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान कोहलपुरबाट काठमाडौँ आउँदै गरेको बा.प्र. ०१–०३२ च ३६१८ नम्बरको कार र दाङको घोराहीबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१–०३० च ८४९६ नम्बरको कार आपसमा ठोक्किएका हुन्। दुर्घटनामा परी बा.प्र.०१–०३२ च ३६१८ नम्बरको कारमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–५ का ७३ वर्षीय टेकबहादुर शाहीको मृत्यु भएको हो। गम्भीर […]