०७ मंसिर २०८३, सोमबार
23-11-2026 , Mon
×

नवनियुक्त प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित

Logo
प्रकाशित शनिबार, चैत्र २१, २०७७

 

ABC (क्राईमबिट)
काठमाडौं । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सोही प्रतियोगिताद्वारा नवनियुक्त भएका खुलातर्फका ३६ जना प्रहरी निरीक्षकहरुलाई नियुक्तिपत्र समेत प्रदान गर्नुभयो । २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७७ चैत ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय १३ जना र खुलातर्फ ३६ जना गरी कुल १ सय ४९ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण हुनुभएको छ । जसमा १४ जना महिला हुनुहुन्छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७७ चैत १७ गतेको निर्णयले चैत १८ गतेदेखि लागू हुने गरी उहाँहरु प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी पेसा सामाजिक पेसा भएकोले गर्व गर्न अनुरोध गर्दै संगठनको चरित्र र त्यस अनुरुप बहन गर्नुपर्ने जिम्मेवारीप्रति सजग भई मानवोचित व्यवहार र कर्मका साथ संगठनमा प्रवेश गर्न स्वागत गर्नुभयो । संगठनको साखलाई अझै बढोत्तरी गर्न अनुसाशित, मिहेनत, उत्कृष्ट व्यवहारका साथ संगठनको सकारात्मक परिवर्तनको लागि योगदान पुर्‍याउन नवनियुक्त प्रहरी कर्मचारीहरुलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आग्रह गर्नुभयो ।

नागरिक जिवनबाट प्रहरी पेसामा आउने नवनियुक्त प्रहरी निरीक्षकहरूप्रति संगठनको ठूलो आशा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले गलत अभ्यासहरूलाई आत्मसाथ नगर्न तथा आफूमा भएका सद्‍गुणहरूलाई जगेर्ना गर्दै सफल ढंगले तालिम सम्पन्न गर्नुपर्ने बताउनुभयो । साथै नवनियुक्त भएका विभागीय प्रहरी निरीक्षकहरूले प्राप्त गर्ने जिम्मेवारी अनुसारको काम लगनशील भएर सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४ को कल्लुपर्वा टोलमा राष्ट्रिय जनमत पार्टी (बुलडोजर छाप) को ११ सदस्यीय टोल समिति गठन भएको छ। आज सम्पन्न कार्यक्रममा पार्टीका महासचिव राजा सिंह, जिल्ला नेता शैलेन्द्र सिजापति, वडा नं. १४ का वार्ड इन्चार्ज रमजान अलि राई, केन्द्रीय सदस्य माजिद हासमी, समाजसेवी इसाक हासमी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा […]

काठमाडौं । दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बस चरंगे भन्ने स्थानमा दुर्घटनामा परेको छ। दुर्घटनामा बैत्यश्वर–२ की कुमारी तामाङ गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय, दोलखाका अनुसार बा ३ ख २९९७ नम्बरको बस मंगलबार दिउँसो उकालोमा पछाडि सर्दा भित्तामा ठोक्किएको थियो। त्यसक्रममा तामाङ च्यापिएकी थिइन्। बसमा ६ जना सवार थिए। घाइते तामाङको उद्धार गर्ने […]

दाङ । तुल्सीपुरमा बिहानैदेखि किसानको ताजा तरकारीले भरिएको पातखोला तरकारी बजारमा यतिबेला निकै चहलपहल छ। स्थानीय किसानले बारीबाट टिपेर ल्याएको ताजा साग, गोलभेडा, आलु, काउली, बन्दा, धनियाँले बजार भरिएको छ। सस्तो र ताजा तरकारी किन्न बिहानैदेखि उपभोक्ताको भीड लागेको छ। किसानलाई सिधै बजार, उपभोक्तालाई ताजा तरकारी। यही नै पातखोला बजारको विशेषता हो।

error: Content is protected !!