२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

गढुवामा प्रहरी र स्थानीयबीच झडप हुँदा १५ जना घाइते

Logo
प्रकाशित शनिबार, आषाढ ०२, २०७५

(सागर थापा दाङ)
दाङ, असार १ दाङको गढावा गाँउपालिका वडा नं. ६ गढवामा प्रहरी र स्थानीयबासीका बीचमा शुक्रबार झडप हुँदा तीन प्रहरीसहित १२ जना स्थानीय घाइते भएका छन्।जबरजस्ती करणीको आरोपमा पक्राउ परेका गढवा ६ का २२ वर्षीय भरतप्रताप यादवको रिहाईको माग गर्दै स्थानीयले प्रहरी माथि नै ढुङ्गा मुढा प्रहार गरेपछि उक्त झडप भएको गढुवा पुगेका वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरूण कुमार सिंहले जानकारी दिए।प्रर्दशनकारीले गढुवा प्रहरीका सई कमल आचार्य, प्रहरी हवल्दार दौलतसिंह बुढा र अर्का एकजना प्रहरीलाई आक्रमण गरि घाइते तुल्याएपछि बाध्य भएर लाठी चार्ज गर्नु परेको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले जानकारी दिए। ईप्रका गढुवा घेराउ गर्न आएका प्रर्दशनकारीलाई त्यसपछि बाध्य भएर प्रहरीले लाठी चार्ज गर्नु परेको तथा त्यसक्रमा दुई सेल अस्रु ग्याँस प्रहार गर्नु परेको गोलले जानकारी दिए।

गढुवाबाट पत्रकार देव यादवले दिएको जानकारी अनुसार प्रहरीको आक्रमणबाट १२ जना स्थानीय प्रर्दशनकारी घाइते भएका छन्। ४५ वर्षीय मालिकराम यादव, ५३ वर्षीय सतगुर यादव, ४८ बर्षीया दीपा यादव, २३ बर्षीया संगीता यादव, २४ बर्षीय अनवर अली, ३० वर्षीया अनिता यादव, २८ वर्षीया मञ्जिला यादव, ४४ वर्षीय साहेवदास यादव, २० वर्षीय अनुप यादव लगाएतका रहेको पत्रकार देव यादवले जानकारी दिए।गढुवा गाउँपालिका वडा नं. ६ गढुवा बजार निवासी २२ वर्षीय भरतप्रताप यादवको स्थानीय एकजना १५ वर्षीया किशोरीसंँग तीन महिना अगाडि बिहे भएको थियो। तर केटी पक्षले गत जेठ २७ गते आफ्नी छोरी माथि बलात्कार भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले आरोपित भरतप्रताप यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाए पछि केटा पक्षले त्यसको विरोध गरेका छन्।

केटाका आफन्त तथा स्थानीयले सुनियोजित तरीकाले भरतप्रतापलाई फसाइएको भन्दै तत्काल उनको रिहाईको माग गर्दै शुक्रबार मध्यान्ह १२ बजेदेखि साढे ५ बजेसम्म ईप्रका गढुवा घेराउ गर्दै प्रर्दशन गरेका छन्। बेलुकापख स्थानीय जनप्रतिनिधिसहित प्रर्दशनमा उत्रिएका व्यक्ति र पीडित पक्ष दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ कहाँ घोराही गएपछि प्रर्दशन रोकिएको हो। सर्वसाधारणले ढुङ्गा मुढा गर्दै प्रहरी प्रशासनका विरुद्ध चर्का नारावाजी गरेका थिए। उनीहरुले बजार बन्द गराउनुका साथै टायर बालेर प्रर्दशन गरेका थिए।
तीन महिनाअघि केटा केटीले प्रेम बिवाह गरेको र पछि केटी पक्षले केटी फिर्ता लगेर अहिले जबरजस्ती करणीको मुद्दा दर्ता गरेर फसाउने खोजेको आरोप केटा पक्षले लगाउने गरेको छ।
झुठा मुद्दा फिर्ता गरी युवकलाई रिहा नगरे गढवा बजार नै बन्द गरेर प्रहरीका बिरुद्धमा आन्दोलन थाल्ने केटा पक्षले चेतावनी दिएका छन्। उत्पन्न समस्या समाधानका पक्षमा दुबै पक्षसंग सम्वादको प्रयास जारी रहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी ३० गण हेक्टर बागेश्वरी बाँकेमा गणपति एसपी भिम चन्द आएदेखि बाँके जिल्लाभरमा सशस्त्र प्रहरी सम्पूर्ण युनिटलाई निर्देशन दिदै लागूऔषध अबैध चोरी तस्करीमा कडा निगरानी गर्न निर्देश समेत दिएका छ्न । साथै सशस्त्र प्रहरी बल नेपाल ३० गण एसपी चन्दको सक्रियतामा मुख्य सिमानामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरहरु प्रहरी जस्तै दिनहुँ चेकजाँच […]

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

error: Content is protected !!