१० कार्तिक २०८३, सोमबार
26-10-2026 , Mon
×

रोल्पामा सचेत यात्री, जिम्मेवार चालक; ट्राफिक अनुशासन, सुरक्षाको बाहक कार्यक्रम सम्पन्न

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन ०७, २०८३

रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्‍याली सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारीज्यू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालय, पुर्व प्रहरी संगठन तथा संघ–संस्थाका प्रतिनिधिहरू, यातायात व्यवसायीहरू, शिक्षकवर्ग, विद्यार्थी भाइबहिनीहरू, सञ्चारकर्मीहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका क्रममा सहभागीहरूलाई सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक पर्चा वितरण गरी ट्राफिक नियमको पालना, मादक पदार्थ तथा लागू औषध सेवन गरी सवारी साधन नचलाउने, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग गर्ने, मोबाइल फोन प्रयोग गर्दै सवारी नचलाउने, सवारी चालक अनुमति पत्र प्राप्त व्यक्तिले मात्र सवारी चलाउने, सवारी साधनको नियमित प्राविधिक परीक्षण गर्ने, सडक संकेत तथा ट्राफिक नियमहरूको पूर्ण पालना गर्ने, पैदलयात्रीलाई प्राथमिकता दिने, तीव्र गति तथा लापरवाहीपूर्वक सवारी नचलाउने, मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर यात्रा गर्ने, साथै लागू औषध त्यागौँ, स्वस्थ समाज निर्माण गरौँ भन्ने सन्देशसहित जनचेतना अभिवृद्धि गरिएको थियो।

उक्त कार्यक्रममार्फत सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित र अनुशासित सडक संस्कृतिको विकास तथा लागू औषधमुक्त समाज निर्माणमा सबै पक्षको साझा जिम्मेवारी रहेको सन्देश प्रवाह गरिएको छ। जिल्ला प्रहरी कार्यालय, रोल्पा
“समुदाय–प्रहरी साझेदारी, सुरक्षित समाज निर्माणको आधार।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । सधैँजसो धुवाँधुलो र सवारी जामले अस्तव्यस्त रहने नागढुंगा सडक यो वर्ष दशैँमा पनि प्रायः सुनसान छ । देशका करिब ६८ जिल्लाबाट संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनपछि सुनसान बनेको हो । धादिङ र काठमाडौंलाई जोड्न निर्माण गरिएको सुरुङ संचालनसँगै सवारीको चापले देशैभर चर्चा पाइरहने नागढुंगा उकालोको जाम, सवारीको […]

  दाङ। नेपालीहरूको महान् पर्व बडादशैंका बेला परिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि नागरिकको शान्ति सुरक्षा कायम गर्न ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई साहित्यकार सविन प्रियासनले उपन्यास उपहार दिएर हौसला प्रदान गरेका छन्। नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गरेका साहित्यकार, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक प्रियासनले दाङको प्रसिद्ध धार्मिकस्थल चौघेरा […]

  सुनसरी । इनरुवा नगरपालिका वडा नं-४ स्थित हनुमान चौकमा आइतबार दिउँसो भन्सार छलेर ल्याएको चिनी नियन्त्रणमा लिन खोज्दा एक व्यापारी महिलाले सशस्त्र प्रहरीमाथि हातपात गरेकी छन्। सशस्त्र प्रहरी स्रोतका अनुसार बिहान ८ बजे १०० केजी चिनीको भन्सार काटेर पुनः ३ बोराभन्दा बढी चिनी सिटी सफारीको डिकीमा लुकाएर लगिरहेको अवस्थामा फेला परेको थियो। शंकास्पद रूपमा […]