रोल्पा । यस मूल नारालाई आत्मसात गर्दै आज जिल्ला प्रहरी कार्यालय, रोल्पाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा “सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी” सचेतनामूलक कार्यक्रम तथा जनचेतनामूलक र्याली सफलतापूर्वक सम्पन्न भएको छ।
उक्त कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका नगर प्रमुखज्यू, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारीज्यू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी कार्यालय, पुर्व प्रहरी संगठन तथा संघ–संस्थाका प्रतिनिधिहरू, यातायात व्यवसायीहरू, शिक्षकवर्ग, विद्यार्थी भाइबहिनीहरू, सञ्चारकर्मीहरू तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूलाई सवारी दुर्घटना न्यूनीकरण तथा लागू औषध दुर्व्यसन नियन्त्रण सम्बन्धी सचेतनामूलक पर्चा वितरण गरी ट्राफिक नियमको पालना, मादक पदार्थ तथा लागू औषध सेवन गरी सवारी साधन नचलाउने, हेल्मेट र सिटबेल्टको अनिवार्य प्रयोग गर्ने, मोबाइल फोन प्रयोग गर्दै सवारी नचलाउने, सवारी चालक अनुमति पत्र प्राप्त व्यक्तिले मात्र सवारी चलाउने, सवारी साधनको नियमित प्राविधिक परीक्षण गर्ने, सडक संकेत तथा ट्राफिक नियमहरूको पूर्ण पालना गर्ने, पैदलयात्रीलाई प्राथमिकता दिने, तीव्र गति तथा लापरवाहीपूर्वक सवारी नचलाउने, मौसम तथा सडकको अवस्थाबारे जानकारी लिएर यात्रा गर्ने, साथै लागू औषध त्यागौँ, स्वस्थ समाज निर्माण गरौँ भन्ने सन्देशसहित जनचेतना अभिवृद्धि गरिएको थियो।
उक्त कार्यक्रममार्फत सवारी दुर्घटना न्यूनीकरण, सुरक्षित र अनुशासित सडक संस्कृतिको विकास तथा लागू औषधमुक्त समाज निर्माणमा सबै पक्षको साझा जिम्मेवारी रहेको सन्देश प्रवाह गरिएको छ। जिल्ला प्रहरी कार्यालय, रोल्पा
“समुदाय–प्रहरी साझेदारी, सुरक्षित समाज निर्माणको आधार।