०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

कर्णाली प्रदेशका मुख्यमन्त्री शाही नेतृत्वको सरकार जोगियो

Logo
प्रकाशित शुक्रबार, बैशाख ०३, २०७८

(ABC-Sanchar)
काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन्।

आज भएको चुनावमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गरेका हुन।

शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा १५ मत परेको छ।

नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षधर सांसदहरुले फ्लोर क्रस गरेपछि शाही नेतृत्वको सरकार जोगिएको छ। माधवकुमार नेपाल समूहका प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र देवी ओलीले फ्लोरत्रस गरेका हुन्।

३९ सदस्यीय प्रदेश सभामा माओवादीका १२ मात्र सांसद छन्।

सो प्रदेशमा एमालेका २० (सभामुखसहित), कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्।
विश्वासको मतका लागि आज शुक्रबार भएको मतदानमा ३७ सांसद उपस्थित थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!