०६ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

SP अधिकारीको सफलता महिलाको हत्या गरि अंग बेच्ने ६ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख ०३, २०७८


(सागर थापा)
तौलिहवा । कपिलवस्तुमा तान्त्रिक प्रयोजनको लागी महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने संगठीत गिरोहका ६ जना प्रकाउ परेका छन । मानिसको औलाहरु ल्याएमा प्रति औला ८० लाख सम्म विक्री हुने भन्ने भ्रमपुर्ण हल्ला विश्वास गरि संगठीत गिरोहले रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका वार्ड नं ५ मनहपुर आफ्नो माइती वस्दै आएकी सरजहाँ दर्जीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएका छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार सो गिरोहले मृतक दर्जी लाई चैत्र १२ गते ललाइ फकाइ कपिलवस्तु शुद्धोधन गाउपालिका ३ हर्दिहवामा बोलाई हत्या गरी दुवै हातका औलाहरु काटी लाश बोरामा राखी बेतिया नदीमा फालेका थिए ।

प्रकाउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं २ नन्दनगर बस्ने ३९ वर्षिय अव्दुल कलाम मुसलमामन, ४५ वर्षिय बेलाल अहमद मुसलमान कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं ५का ५५ बर्षिय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड नं १ बनकट्टा का बर्ष ६७को कर्ण बहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस वार्ड नं २ हाल मध्यविन्दु नगरपालिका ७ का ६७ बर्षिय खेम बहादुर मल्ल रहेका छन् । उनीहरुमाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनमा प्रभावकारी सुरक्षा व्यवस्थापन गरेको भन्दै प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंबाट सम्मान प्रतिनिधिसभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कृत गरेको छ। निर्वाचन अवधिभर प्रभावकारी सुरक्षा व्यवस्थापन, समन्वय र कमाण्डमार्फत […]

काठमाडौं । सहकारी बचतकर्ताको पैसा अपचलनको आरोप लागेका जीबी राई अझै फरार छन्। सहकारी ठगी प्रकरणका मुख्य आरोपी मानिएका राई विदेशमै लुकेर बसिरहेका बेला उनका पूर्व व्यावसायिक साझेदार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिबी राईको कारण भने यही मुद्दासँग सम्बन्धित कानुनी झमेलामा लगातार परिरहेका छन्।

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले निर्वाचनमा उत्कृष्ट कार्य गरेको भन्दै एआईजीदेखि प्रहरी जवानसम्मका ६९ जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा अधिकांश उच्च पदका अधिकृतहरु रहेका छन्, जसको चुस्त कमाण्डले खटाइएको क्षेत्रमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भयो । स्रोतका अनुसार संगठनले २ एआईजीसहित ६९ प्रहरी कर्मचारीलाई पुरस्कृत गर्यो । पुरस्कृत हुनेमा २ एआईजी, ७ डिआईजी, […]

error: Content is protected !!