०७ साउन २०८२, बुधबार
23-07-2025 , Wed
×

SP अधिकारीको सफलता महिलाको हत्या गरि अंग बेच्ने ६ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, बैशाख ०३, २०७८


(सागर थापा)
तौलिहवा । कपिलवस्तुमा तान्त्रिक प्रयोजनको लागी महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने संगठीत गिरोहका ६ जना प्रकाउ परेका छन । मानिसको औलाहरु ल्याएमा प्रति औला ८० लाख सम्म विक्री हुने भन्ने भ्रमपुर्ण हल्ला विश्वास गरि संगठीत गिरोहले रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका वार्ड नं ५ मनहपुर आफ्नो माइती वस्दै आएकी सरजहाँ दर्जीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएका छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार सो गिरोहले मृतक दर्जी लाई चैत्र १२ गते ललाइ फकाइ कपिलवस्तु शुद्धोधन गाउपालिका ३ हर्दिहवामा बोलाई हत्या गरी दुवै हातका औलाहरु काटी लाश बोरामा राखी बेतिया नदीमा फालेका थिए ।

प्रकाउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं २ नन्दनगर बस्ने ३९ वर्षिय अव्दुल कलाम मुसलमामन, ४५ वर्षिय बेलाल अहमद मुसलमान कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं ५का ५५ बर्षिय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड नं १ बनकट्टा का बर्ष ६७को कर्ण बहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस वार्ड नं २ हाल मध्यविन्दु नगरपालिका ७ का ६७ बर्षिय खेम बहादुर मल्ल रहेका छन् । उनीहरुमाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

मेष -आफ्नो कुरामा अडिग रहनु पर्ने दिन हो। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। व्यापारमा नयाँ अवसर आउन सक्छ। तर खर्चमा ध्यान दिनुहोस्। वृष -काममा चुनौती आए पनि धैर्य गर्नुहोला, साँझतिर सकारात्मक परिणाम मिल्नेछ। घरपरिवारमा रमाइलो हुनेछ। खानपानमा सावधानी आवश्यक। मिथुन -विद्यार्थी वा प्रतियोगितामा सहभागी भएकालाई राम्रो समय। दाजुभाइ वा साथीसँग मिलेर काम गर्न सकिनेछ। बोल्दा सन्तुलन […]

error: Content is protected !!