३० साउन २०८३, शनिबार
15-08-2026 , Sat
×

दाङको तुल्सीपुरमा पैसा ठगेको भन्दै कुटपिट र जुत्ताको माला लगाएर बजार घुमाउने पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, चैत्र ०६, २०८२

दाङ । तुलसीपुरमा वैदेशिक रोजगारीमा पठाइदिन लिएको रकम ठगी गरेको भन्दै एक जनालाई जुत्ताको माला लगाएर बजार घुमाएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–९ थर्पुडाँडा निवासी ३५ वर्षीय पर्साराम विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहराले बताए । विकले तुलसीपुर–६ बरुवागाउँ निवासी ३६ वर्षीय शेरबहादुर वलीलाई बुधबार दिउँसो केही भागमा कपाल खौरिएर जुत्ताको माला लगाई घाँटीमा डोरीले बाँधी लात्तीले हान्दै तुलसीपुर बजार घुमाएको उनले जानकारी दिए ।

वलीले विदेश पठाइदिने भन्दै लिएको रकम ठगी गरेको भन्दै विकले यस्तो अभद्र व्यवहार गरेको डीएसपी बोहराले बताए । विकलाई बुधबार नै तुलसीपुरबाट पक्राउ गरी अपमानजनक या अमानवीय व्यवहार गर्न नहुने मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको दाङ प्रहरीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]