२६ जेठ २०८३, मंगलबार
09-06-2026 , Tue
×

बाँके प्रहरीद्धारा सालको ३३ गोलिया काठ पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०७५

(सागर थापा महेन्द्र सिंह)
जिल्ला प्रहरी कार्यालय बाँके र संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले गरेको संयुक्त अप्रेशनमा लुकाई छिपाई राखेको अवस्थामा सोमबार सालको ३३ गोलिया बरामद भएको छ ।
खजुरा गाउँपालिका वडा नं.१ विरपुरमा इन्द्र मल्लको बगैचामा लुकाई छिपाई राखेको बारे विशेष सूचनाको आधारमा कारवाही गर्दा काठ बरामद भएको हो, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र आर्यालले एविसी संचारसंग भने, थप विवरण बारे हामी अनुसन्धान गरिरहेका छौं ।बरामद भएको काठ करिब २२० देखी २३० क्यु फिट सम्मको सालको गोलिया थान ३३ भएको प्रबक्ता डीएसपी आर्यालले बताए । बरामदी मुचुल्का सहित आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरी ३० गण हेक्टर बागेश्वरी बाँकेमा गणपति एसपी भिम चन्द आएदेखि बाँके जिल्लाभरमा सशस्त्र प्रहरी सम्पूर्ण युनिटलाई निर्देशन दिदै लागूऔषध अबैध चोरी तस्करीमा कडा निगरानी गर्न निर्देश समेत दिएका छ्न । साथै सशस्त्र प्रहरी बल नेपाल ३० गण एसपी चन्दको सक्रियतामा मुख्य सिमानामा सशस्त्र प्रहरीको तालिम प्राप्त कुकुरहरु प्रहरी जस्तै दिनहुँ चेकजाँच […]

काठमाडौं । ललितपुर जिल्ला प्रहरी परिसर ललितपुरमा प्रहरी वरिष्ठ उपरीक्षक (क्सप्र.व.उ.) तुल बहादुर कार्कीले कार्यालय प्रमुखको पदभार ग्रहण गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार उहाँले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो।

बाँके । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दिया, मधुबन न.पा.-६* मा भारतबाट भन्सार छली ल्याएर गोदाम राखिएको ठूलो परिमाणको सामान नियन्त्रणमा लिएको छ। *१. कोपिला खत्रीको घर गोदामबाट – जम्मा रु. ५,४१,७२०/-* 1. मटर: १३५ बोरा × ४० = रु. ४,५०,०/- 2. कालो प्लास्टिक: ४.५ बोरा × ६१६० = रु. २७,७२०/- 3. सुपर पावर […]

error: Content is protected !!