१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँके प्रहरीद्धारा सालको ३३ गोलिया काठ पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ ०५, २०७५

(सागर थापा महेन्द्र सिंह)
जिल्ला प्रहरी कार्यालय बाँके र संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले गरेको संयुक्त अप्रेशनमा लुकाई छिपाई राखेको अवस्थामा सोमबार सालको ३३ गोलिया बरामद भएको छ ।
खजुरा गाउँपालिका वडा नं.१ विरपुरमा इन्द्र मल्लको बगैचामा लुकाई छिपाई राखेको बारे विशेष सूचनाको आधारमा कारवाही गर्दा काठ बरामद भएको हो, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र आर्यालले एविसी संचारसंग भने, थप विवरण बारे हामी अनुसन्धान गरिरहेका छौं ।बरामद भएको काठ करिब २२० देखी २३० क्यु फिट सम्मको सालको गोलिया थान ३३ भएको प्रबक्ता डीएसपी आर्यालले बताए । बरामदी मुचुल्का सहित आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!