०९ भाद्र २०८३, मंगलबार
25-08-2026 , Tue
×

काठमाडौं विमान स्थलबाट ८ देशबाट ९०२ जना नेपाल भित्रिए

Logo
प्रकाशित बिहिबार, बैशाख १६, २०७८


(ABC-Sanchar)
काठमाडौं । कोरोना भाइरसको संक्रमण तीव्र भए पनि बुधबार आठ देशबाट ९०२ जना यात्रु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका छन् । कोभिड १९ समस्या व्यवस्थापन केन्द्र (सीसीएमसी)ले दिएको जानकारी अनुसार १० वटा अन्तरार्ष्ट्रिय उडानबाट यात्रुहरु नेपाल भित्रिएका हुन् ।

नेपाल प्रवेश गर्नेमा कुवेत, कतार, भारत, मस्को,हङकङ, मलेसिया, दुवइ लगायत रहेका छन् । ९०२ जना मध्ये १२८ जना विदेशी मुलका नागरिक रहेका छन् । नेपाल आएका यात्रुलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य मापदण्ड अपनाइएको सिसिएमसीले प्रेसविज्ञप्ती मार्फत जानकारी गराएको छ ।

सरकारले विदेशबाट नेपाल प्रवेश गर्नका लागि कडाइ गरेको छ तर मापदण्ड पालना गरी प्रवेश गर्नेहरुका लागि भने स्वास्थ्य मापदण्ड पालना गरे पश्चात मात्र गन्तव्यमा पठाउने गरिएको सिसिएमसी सचिवालयका संयोजक सचिव डा.खजराज बरालले जानकारी दिनुभयो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा मलाई अत्यधिक मतका साथ सदस्य पदमा विजयी गराउनुहुने सम्पूर्ण उद्योगी-व्यवसायी,पत्रकार मतदाता, सहयोगी, साथीभाइ तथा शुभचिन्तकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। तपाईंहरूले दिनुभएको अमूल्य समय, साथ र विश्वासले मेरो काँधमा अझ ठूलो जिम्मेवारी थपेको छ। यो विजय मेरो मात्र नभई नेपालगञ्जका सम्पूर्ण व्यवसायीको जित हो। […]

हेटौँडा । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले विपद्का बेला आदेशको प्रतीक्षा गरेर नबस्न र परिस्थितिको गाम्भीर्यता बुझेर तत्काल परिचालित हुन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरको नवौँ वार्षिकोत्सव समारोहमा बाेल्दै महानिरीक्षक पौडेलले विपद् व्यवस्थापनमा सक्रिय र तत्काल परिचालन हुन निर्देशन दिएका हुन् । उनले […]

काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूद्वारा भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरोहरू, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, का.उ.प्र.का. रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय, भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ, […]