२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको तुलसीपुरमा अटो एम्बुलेन्स सेवा सुरु

Logo
प्रकाशित शुक्रबार, बैशाख २४, २०७८


(ABC-Sanchar)
दाङ । तुलसीपुर उपमहानगरपालिकामा ९ वटा अटो एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । जेसिजका पूर्वअध्यक्ष मोहन सुनार, अजय दुलाल, सुनिलबाबु डाँगीको पहलमा अटो संचालकसंग समन्वय गरेर अटोलाई लकडाउनभरी एम्बुलेन्सका रुपमा प्रयोग गर्ने गरी तयार गरिएको एम्बुलेन्स परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिए ।

तुलसीपुर क्षेत्रमा एम्बुलेन्सले बिरामीहरुसंग चर्को भाडा लिन थालेपछि कोरोना संक्रमित बिरामीलाई गाउँबाट शहरसम्म सहज रुपमा पु¥याउन अटो एम्बुलेन्सको प्रयोग गरिएको तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य समेत रहेका कुमालले बताए ।

यसैबिच अटो एम्बुलेन्सलाई शुक्रबार तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरिएको छ । यो संगै अटो एम्बुलेन्सले साविककै तोकिएको दररेटमा बिरामीलाई अस्पताल लैजान र ल्याउन सहज हुने अपेक्षा गरिएको छ । सो अवसरमा नगर प्रमुख पाण्डेले आँफुहरु अहिले कोरोनासंग युद्ध लडिरहेको बताउँदै जितेर छाड्ने बताए । अटो एम्बुलेन्स प्रयोगका लागि कुनै पनि व्यक्तिले सम्पर्क नम्बर ९८५७८२५८६३ नम्बरमा सम्पर्क गर्न सक्ने छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!