२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एसपी अधिकारीद्धारा २६ वटा अक्सिजन अस्पताललाई हस्तान्तरण

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८


ABC (क्राईमबिट)
कपिलवस्तु । अक्सिजनका अभावमा बिरामीहरुको उपचारमा समस्या भईरहेका बेला कपिलस्तु प्रहरीले २ अस्पताललाई २६ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले कपिलवस्तु र बहादुरगंज अस्पताललाई सो सिलिन्डर हस्तान्तरण गर्नु भएको हो ।

उहाँले कपिलस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंहलाई १६ र कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाहलाई १० सिलिन्डर प्रदान गर्नु भएको थियो । बिभिन्न उद्योग कर कारखानामा रहेको सिलिन्डर संकलन गरी अस्पतालाई हस्तान्तरण गरेको प्रहरी उपरिक्षक अधिकारीले बताउनुभयो । अक्सिजन अभावले संक्रमितहरुको उपचारमा समस्या भईरहेका बेला आफुहरुले सो कार्य गरेको बताउनुभयो ।

‘ शान्ति सुरक्षा सहित यो बिपतको बेला बिरामीको उपचारमा सहजता प्रदान गर्न यो कार्य गरेका हौ ’ उहाँले भन्नुभयो । प्राप्त सिलिन्डर दुबै मेयरले अस्पतालाई दिनुभएको थियो । प्रहरीको यो कदम निकै सराहनीय रहेको दुबै मेयरले प्रतिक्रिया दिनुभएको छ । मेयर सिंहले अक्सिजनको अभावमा बिरामीहरुको उपचारमा समस्या आईरहेका बेला प्रहरीले गरको यो काम निकै राम्रो रहेका बताउनुभयो । एसपी अधिकारीले आफुहरुलृ अरु सिलिन्डर समेत संकलन गरी हस्तान्तरण गर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!