०२ बैशाख २०८३, बुधबार
15-04-2026 , Wed
×

एसपी अधिकारीद्धारा २६ वटा अक्सिजन अस्पताललाई हस्तान्तरण

Logo
प्रकाशित शनिबार, बैशाख २५, २०७८


ABC (क्राईमबिट)
कपिलवस्तु । अक्सिजनका अभावमा बिरामीहरुको उपचारमा समस्या भईरहेका बेला कपिलस्तु प्रहरीले २ अस्पताललाई २६ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ । प्रहरी उपरिक्षक नवराज अधिकारीले कपिलवस्तु र बहादुरगंज अस्पताललाई सो सिलिन्डर हस्तान्तरण गर्नु भएको हो ।

उहाँले कपिलस्तु अस्पतालका अध्यक्ष तथा मेयर किरण सिंहलाई १६ र कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाहलाई १० सिलिन्डर प्रदान गर्नु भएको थियो । बिभिन्न उद्योग कर कारखानामा रहेको सिलिन्डर संकलन गरी अस्पतालाई हस्तान्तरण गरेको प्रहरी उपरिक्षक अधिकारीले बताउनुभयो । अक्सिजन अभावले संक्रमितहरुको उपचारमा समस्या भईरहेका बेला आफुहरुले सो कार्य गरेको बताउनुभयो ।

‘ शान्ति सुरक्षा सहित यो बिपतको बेला बिरामीको उपचारमा सहजता प्रदान गर्न यो कार्य गरेका हौ ’ उहाँले भन्नुभयो । प्राप्त सिलिन्डर दुबै मेयरले अस्पतालाई दिनुभएको थियो । प्रहरीको यो कदम निकै सराहनीय रहेको दुबै मेयरले प्रतिक्रिया दिनुभएको छ । मेयर सिंहले अक्सिजनको अभावमा बिरामीहरुको उपचारमा समस्या आईरहेका बेला प्रहरीले गरको यो काम निकै राम्रो रहेका बताउनुभयो । एसपी अधिकारीले आफुहरुलृ अरु सिलिन्डर समेत संकलन गरी हस्तान्तरण गर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

एजेन्सी । पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात बन्दुकधारीको समूहले पोलियो अभियानमा खटिएका प्रहरीको गाडीमा आक्रमण गर्दा कम्तीमा एक जना प्रहरीको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको आधिकारिक स्रोतहरूले बताएका छन् । आक्रमणको घटना हंगु जिल्लामा भएको थियो, जहाँ प्रहरी टोली पोलियो विरोधी अभियानको लागि सुरक्षा प्रभाव गर्ने कर्तव्य पालन गर्न जाँदै थियो, […]

error: Content is protected !!