२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

चन्द्रौटामा प्रहरी भवन उद्धघाटन

Logo
प्रकाशित बिहिबार, आषाढ ०७, २०७५

माधव बेल्वासे

चन्द्रौटा कपिलवस्तु असार ७

कपिलवस्तुको वडा प्रहरी कार्यलय चन्द्रौटामा जवान ब्यारेक भवन विहिवार उद्धघाटन भएको छ ।स्थानियहरुको सहयोगमा निमार्ण भएको उक्त भवन प्रदेश नं. ५ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतले रिबन काटेर उद्धघाटन गरे ।४९ लाख २१ हजार ६ सय २३ रकमको लागतमा निमार्ण भएको उक्त जवान ब्यारेक भवनमा ३७ सय स्कार फिट रहेको ब्यारेक भवन निमार्ण समितिका संयोजक जमसेर अलिले वताए ।उद्धघान गर्दै प्रहरी नायव माहानिरिक्षक बस्नेतले प्रदेशका सम्पुर्ण प्रहरी कार्यलयले अवस्था वुझेर भैतिक संरचना देखी अन्य विषयमा लेखाजोखा गरेर आवश्यक्ता अनुसार ब्यारेक भवन कार्यलय तथा अन्य भवनहरुले निमार्ण गरिने वताए । प्रदेशको कुन ठाउमा अतिआवश्यक के छ भन्ने विषयलाई प्रथमिकता दिएर आवश्यक्ता परिपुर्ती गर्ने माहानिरिक्षक वस्नेतले वताए ।प्रदेशको सुरक्षा अवस्थामा सामान्य रहेको वताउदै शान्ति सुरक्षा विना कुनै पनि विकाशले गति लिन नसक्ने जनाए ।कपिलवस्तुको यस चन्द्रौटामा स्थानियहरुको सहयोगमा ठुलो भवन निमार्ण हुन सफल भएको भन्दै प्रशंसा गरे ।प्रहरी निरिक्षक भविन्द्र भट्टराईको कार्यकालमा बनेको सो भवन प्रदेशको उदाहरणिय बन्न सफल भएको वताए ।

२०७३ चैत्र १३ गते सिलिन्यास गरेको उक्त भवन प्रदेश न ५ कै स्थानियहरुको लागतमा निमार्ण भएको सवैभन्दा ठुलो भवन भएको कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन । कार्यक्रममा वोल्दै प्रदेश न ५ का प्रदेश सभा सदस्य अर्जुन केसीले वडा प्रहरी कार्यलय चन्द्रौटामा ब्यारेक भवन नहुदा प्रहरी जवनालाई समस्या परेको हुदा यस क्षेत्रका स्थानियहरुकै सहयोगमा निमार्ण भएको सो भवनले अव प्रशस्त भवन रहेको उल्लेख गरे । प्रदेश सांसद केसीले प्रदेशका विभिन्न प्रहरी कार्यलयमा सवारी साधनको समस्या भएको हुदा आफुले मुख्य मन्त्रि लगाएत गृहमन्त्रालय सग माग गरेको वताए ।त्यस्तै प्रदेश सांसद विरेन्द्र कनोडियाले स्थानिय जनताको लागतमा निमार्ण हुनु गैरवको कुरा भएको वताए । यस कार्यलाई अन्य ठाउमा पनि सिक्नु पर्ने जनाए ।प्रहरी प्रशासन र स्थानिय नागरिकको सम्वन्ध नजिकको हुने भएकोले प्रहरी प्रशसानलाई समस्या भएमा स्थानियकै सहयोग आवश्यक रहने एउटा उदाहरण भएको वताए ।कनोडिले शान्ती सुरुक्षामा प्रहरी प्रशासनलाई सवै मिलेर मजवुत गराउनुपर्नेमा जोड दिए ।९७ जनाको दरवन्दि रहेको सो वडामा भवन नहुदा समस्या भएकोले स्थानिय व्यापारी समाजसेवीको सहयोगमा भवन निमार्ण गर्न सफल भएको ब्यारेक भवन निमार्ण समितिका संयोजक जमसेर अलिले वताए ।भवन निमार्ण सगै खाना पकाउनको लागी गोबर ग्यास,चौपारी लगाएत निमार्ण गरेको जनाए ।कार्यक्रममा समितिका कोषाध्यक्ष महादेव पोख्रेलले आय व्याय प्रस्तुत गरेका थिए ।

सहयोगी दाताहरुकोलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको छ । ब्यारेक भवन निमार्ण समितिका संयोजक जमसेर अलिको अध्यक्षता प्रदेश नं. ५ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतको प्रमुख आतिथ्यता,प्रदेश सभा सदस्य अर्जुन केसी,विरेन्द्र कनोडिया,शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी,महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम,विजयनगर गाउपालिकाका अध्यक्ष गोपाल थापाले लगाएतको विशिष्ट आतिथ्यता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]