१८ साउन २०८३, सोमबार
03-08-2026 , Mon
×

नेपालगन्ज भन्सारले अधिकार दुरुपयोगको प्रमाण भेटियो

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

उदयसिंह श्रेष्ठ, नेपालगन्ज

नेपालगन्ज । काठमाण्डौं नागढुंगामा पक्राउ परेको ना ७ ख ५८५९ नम्वरको ट्रक नेपालगंज भंसारनाकाबाट नै गएको प्रमाण भेटिएको छ ।
नागढुंगामा उक्त ट्रक पक्राउ परेपछि चालककोबयानबाट नेपालगन्ज भन्सार नाकाबाट पास भएको जानकारी पश्चात विभागको टोली नेपालगन्ज भन्सार कार्यालयमा आई बुझ्दा उक्त ट्रक कैलालीबाट पास भएको जानकारी लिई काठमाण्डौं फर्किएको थियो । काठमाण्डौं नागढुंगामा पक्राउ परेको सो ट्रक नेपालगन्ज भन्सार नाकाबाट नगएको अडान लिईएको थियो।
उक्त ट्रक गत बुधबार कामाण्डौंको नागढुंगामा पक्राउ परेको थियो भने नेपालगन्ज भन्सार नाकाबाट ट्रक नं. ना७ख ५८५८ जेठ २४ गते दुध पाउडर लोड गरिएको प्रज्ञापन पत्र नं. १५३१५ क्रम संख्या २३ अनुसार गएको प्रमाण भेटिएको छ । उक्त प्रज्ञापन पत्र १५३१५ क्रम संख्या २४ अनुसार केमिकल लोड गरिएको ना७ख १७ नम्बरको ट्रकको बिषयमा अहिलेसम्म कुनै पनि सरकारी निकायलाई अत्तोपत्तो नै नभएको जानकारी प्राप्त भएको छ ।
आफ्नो गल्ती लुकाउन नक्कली प्रज्ञापन पत्रका साथ कैलालीबाट उक्त ट्रक गएको भनी अडानमा बसेको नेपालगन्ज भन्सारमा कसरी उक्त ट्रकको इन्ट्री भयाे ? रहस्यमय बन्दै गएको छ ।
यसै गरी नेपालमा उत्पादन गरिएको चामलको भन्सार दस्तुर कसरी लिइयो ? रहस्यमा रहस्य बन्दै गएको छ ।
हालै पक्राउ परेको ४ वटा चामलको ट्रक र दुध पाउडरको ट्रकको बिषयमा भन्सार विभागले नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्धन प्रसादआचार्यलाई बयान लिन काठमाण्डौ बोलाएको र चित्त बुझ्दो स्पष्टिकरण नभएको कारण विभागीय कारवाही अनुसार सरुवाको तयारी भई रहेको श्रोतले बतायो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो । यो मूल्य साउन १८ गते बिहान १ बजेदेखि लागू हुने समेत […]

कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सानुराम भट्टराईले सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र, दिपायल डोटी मातहत रहेको प्रहरी प्रशिक्षण स्थल बुडर, डोटीको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा उहाँले प्रशिक्षण स्थलको समग्र अवस्थाको अवलोकन गर्नुका साथै तालिमरत प्रशिक्षार्थीहरूको तालिम सम्बन्धी जानकारी लिनु भई प्रशिक्षक तथा तालिमरत प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ।

दाङ । जिल्लाको राप्ती गाउँपालिका गाउँपालिका ४ गोपीनाला स्थित पूर्व–पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्। भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी४४एएस८१२४ नम्बरको कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटना भएको थियो। दुर्घटनामा परेका चालक भारतीय नागरिक सिद्वार्थ न.पा.-०६ बस्ने वर्ष २५ को […]

error: Content is protected !!