ABC (क्राईमबिट)
रोल्पा । नेपाली सेनासहितको सुरक्षा टोलीले त्रिवेणी गाउँपालिका ३ रामपुरस्थित सामुदायिक वनमा ठूलो परिमाणमा अत्याधुनिक हतियारका म्यागजिन र गोली बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बाँसघारीमा प्लास्टिकमा पोका पारेर लुकाई राखेको अवस्थामा अत्याधुनिक हतियारका म्याग्जिन र गोली बरामद भएको जानकारी दिए । बाँसघारीमा फालेको अवस्थामा फेला परेको हो । बास र प्लाष्टिकले छोपेर राखेको अवस्थामा यि सामाग्री भेटिएका हुन् ।”
सुवेदीले एसएमजीको म्याग्जिन २३ थान, एम–१६ को म्याग्जिन १ थान, एलएमजी म्याग्जिन १ थान बरामद भएको बताए । त्यस्तै एके ४७ को गोली ७ सय ५२ थान, ७.६२ मिमिको गोली २ सय ८ राउन्ड र ९ एमएमको गोली १० राउन्डगरि २५ थान म्यागजिन र ९७० जान गोली बरामद भएको उनको भनाइ थियो ।
नेपाली सेनालाई प्राप्त सूचना अनुसार सेनाकै टोलीले बरामद गरेको डिएसपी सुवेदीले जानकारी दिए । उनले भने,“आज बेलुकी साढे ४ बजेतिर म्यागजिन र गोली भेटिएको हो । नेपाली सेनालाई प्राप्त सूचना अनुसार सेनासहितको टोलीले बरामद गरेको हो । थप अनुसन्धान भइरहेको छ । उमा