२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पानीसँगको मेरो साइनो ! सबिन प्रियासन

Logo
Abc Sanchar प्रकाशित आइतबार, चैत्र ०८, २०८२

दाङ । २०५८, ५९ सालतिर मैले भरतपुर खानेपानी आयोजनाको पाइपलाइनिङ्लगायतका निर्माणकामको नेतृत्व गर्दै भरतपुर खानेपानीले दिएको जिम्मेवारी त्यतिबेला कुशलतापूर्वक निर्वाह गरेको थिए। पत्रकारितामा लागिसकेपछि घोराही खानेपानीको पत्रकार महासंघको तर्फबाट संस्थागत सल्लाहकार हुँदा यस क्षेत्रको पिउने पानीको समस्या निराकरण गर्न धेरै ठाउँमा पुग्ने अवसर मिल्यो । घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना यतिबेला अन्तिम चरणमा छ । मलाई आज त्यो दिनको याद आइरहेको छ, जतिबेला स्वर्गीय देवीबहादुर डिसी, म सबिन प्रियासन, विवेक श्रेष्ठ, धुर्व केसी, सुमन शर्मा यो आयोजनालाई स्वीकृति दिलाउनको लागि हामीहरू स्कार्पियो मार्फत काठमाडौँ जाँदै थियौ । हामी चढेको गाडी बिहान ४:३० बजे त्रिशुली गल्छीमा दुर्घटना भयो । संयोगले गाडी त्रिशुलीतिर खसेन हामीलाई चोटपटक लाग्यो तर पनि हामीहरु जुन उद्देश्यले काठमाडौँ जाँदै थियौ, त्यो उद्देश्यमा पछि हटेनौ । आज घोराहीमा बबै लिफ्टिङ खानेपानी आयोजना सम्पन्न हुँदैछ। सम्भवत यसले घोराहीमा धेरै वर्षसम्म पिउने पानीलाई सहजता प्रदान गर्नेछ। यसैगरी खानेपानीको सवालमा धेरै ठाउँमा गइयो । तर भर्खरै हापुरस्थित तल्लो वसन्तापुर टोल पिउने पानीको चरम समस्याबाट मेरो पनि सहभागितामा मुक्त भएको छ। यतिबेला हामीले घोराही -६ चैनपुरको पिउने पानीको समस्यालाई निराकरण गर्नका लागि आफ्नो सहभागिता जनाएका छौं । खानेपानी तथा सरसफाई कार्यालयले खुल्ला दिशामुक्त क्षेत्र अभियान चलाउँदा पनि पत्रकार महासंघको तर्फबाट हामीले बलियो साथ दिएका थियौं । मैले यति कुरा किन भनिरहेको छु भने आज पानी दिवस हो । आजको दिन पानीबा भनेर प्रख्यात स्वर्गीय देवीबहादुर डिसीलगायत जति पनि पिउने पानीको समस्या सम्बोधन गर्न दिनरात लाग्नुभयो सबैप्रति नमन गर्न चाहन्छु। अनि पानी दिवसको सबैमा शुभकामना !

सबिन प्रियसन (संयोजक)
घोराही बनाऔ अभियान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]