०८ आश्विन २०८३, बिहिबार
24-09-2026 , Thu
×

विजयनगरमा ३ दिने रेडियो उद्धघोषण तालीम सुरु

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

माधव बेल्वासे
चन्द्रौटा कपिलवस्तु
कपिलवस्तुको विजयनगरमा ३ दिने रेडियो उद्धघोषण तालिम सुरु भएको छ ।विजयनगर गाउपालिकाको सहयोग र विजयनगर समाजको आयोजनामा भएको उक्त तालिममा २५ जनाको सहभागीता रहेको छ ।तालिमको उद्धघाटन गर्दै विजयनगर गाउपलिकाका उपाध्यक्ष लक्ष्मि चौधरीले तालिममा सिकेका कुरालाई ब्याभारमा लागु गरी दक्ष संचारकर्मी बन्न आग्रह गर्नुभयो ।देशको चौथो अंग पत्रकार रहेकोले गलतलाई खबरदारी र सहिलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन पत्रकारले मात्र सक्ने वताउनु भयो ।त्यस्तै विजयनगर गाउपालिकाका प्रमुख प्रशाकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले विजयनगरमा संचालन हुन लागेको रेडियामा कर्मचारी अन्य ठाउवाट ल्याउन नपर्ने गरी तालिम लिन सहभागीहरुलाई आग्रह गर्नुभयो ।अन्य ठाउवाट ल्याएर रोजगार दिनु भन्दा गाउवासीलाई रोजगार दिनुपर्ने वताउदै तालिममा सहभागीहरुलाई शुभकामना व्यक्त गर्नुभयो । जिल्लाको दक्षिणपश्चि क्षेत्रमा संचालन हुन लागेको रेडियो संचालनको लागी सो तालिम संचालन गरिएको छ ।

तालिमको पहिलो दिन रेडियो कार्यक्रम कसरी संचालन गर्ने,वोल्दा ध्यान दिनुपर्ने कुराहरु,शव्द छनोट लगाएतका विषयमा प्रशिक्षण दिइएको छ ।तालिमको पहिलो दिन दिपक केसी र माधव बेल्वासेले तालिमको सहजिकरण गर्नुभयो थियो ।विजयनगर समाजको अध्यक्ष रामप्रकट कोरीको अध्यक्षता,गाउपालिका उपाध्यक्ष लक्ष्मि चौधरीको प्रमुख आतिथ्यता,प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीको विशिष्ट आतिथ्यता रहेको उक्त कार्यक्रममा संस्थाका सचिव दिपक भण्डारको स्वागत मन्तव्य रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा ६० रुपैयाँ भाडाको विषयलाई लिएर रिक्सावालाबीच हानाहान भएको छ। सामान्य भनाभनबाट सुरु भएको विवाद हात हालाहालसम्म पुगेको थियो। स्थानीयका अनुसार यस्ता साना विषयमा हुने विवादले सहरको छवि बिगारिरहेको गुनासो गरेका छन ।

पोखरा विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान सफलता पुर्वक, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको पहिलो नियमित व्यावसायिक अन्तर्राष्ट्रिय उडान बुधबार साँझ ६:१८ मा अवतरण गरेको छ । फ्लाई दुबईको १ सय ६६ सिट क्षमताको बोइङ ७३७ म्याक्स–८ विमान बुधबार साँझ दुबईबाट पोखरा आइपुगेसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएको […]

काठमाडौं । मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका लागि प्रस्थान गरेका हुन्। उनी कतार एयरवेजको ‘क्यूटीआर-६४५’ कल साइनको बोइङ ७८७-८ ड्रिमलाइनर जहाजबाट अमेरिका प्रस्थान गरेका छन्। उनी अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासघमा सहभागी हुनेछन्। उनले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण हो। काठमाडौँबाट कतारको दोहा हुँदै अमेरिका […]