०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

कपिलवस्तुमा इन्धन र मलको अभावले किसान चिन्तित ॥

Logo
प्रकाशित शुक्रबार, आषाढ ०८, २०७५

राघबेन्द्र चौबे (पकडी )कपिलवस्तु -०८
कपिलवस्तु जिल्लामा इन्धनको अभावले सबै क्षेत्रमा महँगी बढेको छ । जसले गर्दा सर्वसाधारण नागरिक मर्कामा परेका छन् । इन्धन अभाव हुँदा सबैभन्दा बढी किसान परेका छन् ।
खेत जोत्न र धान रोप्ना किसानहरुले महँगो रकम बुझाउन परेको छ । इन्धन अभाव भन्दै ट्याक्टरले महँगोमा खेत जोत्ने गरेको छ । खेत बाँझै राख्नुभन्दा ऋण गरेर भएपनि किसानले खेत जोतेका छन् । ट्याक्टरहरुले मनपरि भाडा लिने गर्दा किसानहरु थप मारमा परेका हुन् । ट्याक्टरले गत वर्ष २५÷३० रूपैयाँ प्रतिमिनेट जोत्ने गरे पनि यस वर्ष प्रतिमिनेट ४० रूपैयाँमा जोतेका छन् । पेट्रोल पम्पमा आएको डिजल लाइनमा बसेर भरे पनि उनीहरुले घण्टौँ लाइनमा कुर्नु परेको र पर्याप्त तेल नपाउँदा महँगोमा तेल किन्नु परेको भन्दै जोताइ खर्च बढाइएको छ ।त्यसैगरी इन्धन अभावले मल ढुवानी हुन नसकेपछि एग्रोभेटमा अवैध रुपमा ल्याइएका युरिया मल कपिलवस्तुका किसानले प्रतिकिलो ग्राम ७० रूपैयाँसम्ममा खरिद गर्न बाध्य भएका छन् । जबकि अहिले मलको बजार मूल्य प्रतिकिलो ३५ रूपैयाँ रहेको छ ।त्यस्तै, किसानहरुले यतिबेला धान रोपने सिजन भएकाले पनि महँगो शुल्क तिरनु परेको छ । गतवर्ष प्र्रतिघण्टा १५सयदेखि १८ सयसम्ममा किसानहरुले अहिले प्रतिघण्टा २० सयदेखि २५ सयसम्ममा खेत जोत्ने गरेका छन् । महँगोमा खेत जोताउने, मल पनि महँगोमा तिर्ने र बीउ पनि महँगोमा किन्नु परेकोले किसानहरुले यस वर्ष खेती गरेर आम्दानीभन्दा खर्च बढी हुने भन्दै चिन्तित भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!