१६ कार्तिक २०८३, आइतबार
01-11-2026 , Sun
×

नेपालगञ्ज–नयाँ दिल्ली सिधा उडानका लागि जुट्यो बुद्ध एयर

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०७५

काठमाडौँ, ९ असार -बुद्ध एयरले नेपालगञ्ज विमानस्थलबाट भारतको नयाँ दिल्ली उडान सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीसमक्ष निवेदन बुझाएको छ ।
बुद्ध एयरले एटिआर ७२ विमानद्वारा दैनिक तीन उडान (बिहान ६ः३०, दिउँसो १ः०० र साँझ ५ः१० बजे) नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलका लागि अनुमति मागेको हो ।
मन्त्रालयबाट अनुमति पाएलगत्तै भारतीय विमानपत्तन प्राधिकरणसमक्ष पनि निवेदनका लागि तुरुन्तै प्रक्रिया थाल्ने बुद्ध एयरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । बुद्ध एयरका पदाधिकारीसँगको भेटमा मन्त्री अधिकारीले बुद्ध एयरको सो घोषणाप्रति आफू निकै सकारात्मक रहेको र त्यसैअनुरुप नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल घोषणालगायत आवश्यक पूर्वाधार अध्यागमनर भन्सार छ महिनाभित्र निर्माण गरिसक्ने विश्वास दिलाउनुभएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणवीच हालै सम्पन्न उडान सहमतिले हवाईमार्ग एल ६२६ लाई दुईतर्फी मार्गमा रुपमा स्थापित गरेको छ । सो सहमतिले टर्बोप्रप एटिआर विमानबाट नेपालगञ्जदेखि नयाँदिल्लीको हवाई उडान करीब एक घण्टा १० मिनेटमा भर्न सकिने छ ।
नेपालगञ्जबाट सीधा नयाँ दिल्ली हवाई उडान सञ्चालनमा आउँदा प्रदेश नं ५, ६ र ७ को आर्थिक समृद्धिमा कायापलट गर्न कोशेढुंगा सावित हुने विश्वास लिइएको छ । यसले प्रदेश नं ५ को बर्दिया तथा शुक्लाफाँटा आरक्ष, प्रदेश नं ६ को राराताल, प्यूठानको स्वर्गद्वारी तथा डोटीको खप्तडलगायत क्षेत्रको पर्यटन प्रवद्र्धन हुनेछ ।
नेपालगञ्ज–नयाँ दिल्ली–नेपालगञ्ज अन्तर–सीमा उडान यथाशीघ्र सञ्चालन गर्न प्रतिबद्ध बुद्ध एयरले दैनिक नेपालगञ्ज–पोखरा–नेपालगञ्जको पनि उडान सञ्चालनको तयारी गर्नेछ । नेपालगञ्जबाट नयाँ दिल्लीको उडान जति चाँडो सञ्चालन हुन्छ त्यति नै चाँडो निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट जेट विमानमार्फत अन्तर्राष्ट्रिय उडान भर्ने योजना बुद्ध एयरले बनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  अर्घाखाँची । सितगङ्गा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष *श्री भिम के.सी.* ज्यूले सम्पूर्ण वडाबासी तथा देश-विदेशमा रहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक सन्ध्याकालीन अभिवादन व्यक्त गर्नुभएको छ। “यहाँहरूको साँझ सुखमय रहोस्, दिनभरको थकान मेटिँदै जाओस्। हाम्रो सितगङ्गा-९ को विकास र समृद्धिका लागि तपाईंहरूको साथ र सुझाव सधैं रहनेछ।” *भिम के.सी., वडा अध्यक्ष, […]

  दाङ । जिल्ला प्रहरी कार्यालय दाङले ७८ ग्राम ९०० मिलिग्राम ब्राउन सुगरसहित एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लागुऔषध सम्बन्धी मुद्दामा फरार रहेका ती व्यक्तिलाई विशेष सूचनाका आधारमा खोजतलास गर्दा उक्त परिमाणको ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप गरी अनुसन्धान […]

  दाङ । घोराही उपमहानगरपालिका–१४ स्थित लखनपार्कमा ‘निभारा इन होटल’ सञ्चालनमा आएको छ। पूर्ण रूपमा पारिवारिक वातावरणलाई प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको होटलको एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले रिबन काटेर होटलको उद्घाटन गर्नुभएको हो। युवा व्यवसायी शेखर क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि […]