२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

दाङ प्रहरीले लकडाउन उल्लङ्घन गर्ने ४० जना ब्यवसायी पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ २५, २०७८

(सागर थापा)
दाङ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघङ्न गर्ने दाङका ४० जना उद्याेगि ब्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । केहिदिन यता लकडाउन उल्लघङ्न गर्ने ब्यवसायीमाथी जिल्ला प्रहरी कार्यालय दाङले निगरानी बढाएको छ । लकडाउन उल्लघङ्न गर्ने व्यक्ति र सवारी साधनलाई पनि दाङ प्रहरीले धमाधम कारवाही गर्न थालेको छ । लकडाउन उलङ्घन हुन थालेपछि दाङ प्रहरीले कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपि मुकुन्द रिजालका अनुसार अहिलेसम्म ४० जना ब्यवसायीलाई पक्राउ परेको जानकारी दिए । लकडाउन उलङ्घन गर्नेक्रम बढेमा प्रहरीले मुद्धा दर्ता गरेर अघि बढ्न बाध्य हुने बताए । पक्राउ परेका ब्यवसायिलाइ केही समय नियन्त्रणमा लिइ सम्झाइ बुझाइ गरेर उद्याेग बाणिज्य संघका अध्यक्षको रोहबरमा छाडिएको बताए ।
लकडाउन पालना नगर्ने पैदलयात्रीलाई होल्डमा राख्ने अभियान नै चलाएको छ । कोरोनाको दोस्रो लहर शुरु भएयता नै यहाँ प्रहरीले मास्कलगायतका स्वास्थ्य सुरक्षामा ध्यान नदिने व्यक्तिलाई होल्डिङ गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय दाङले जेठ २५ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

काठमाडौँ । फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकामा परिचालन गरिएका निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने भएको छ। निर्वाचनको सुरक्षाका लागि काठमाडौँमा तीन हजार ८५४, भक्तपुरमा एक हजार ९३ तथा ललितपुरमा एक हजार ५९६ निर्वाचन प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए। उनले भने, ‘निर्वाचन अवधिभर उपत्यकामा शान्तिपूर्ण […]

error: Content is protected !!