०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

समुदायको बीचमा शवगृह स्थानीयलाई बस्नै मुश्किल

Logo
प्रकाशित आइतबार, आषाढ १०, २०७५

केशर रोका÷प्यूठान

जिल्ला अस्पतालले विजुवारस्थित मित्रमणीचोक नजिकै समुदायको बीचमा शवगृह संचालन गर्दा स्थानीयलाई दैनिकी कटाउन मुश्किल भइरहेको छ । वर्षौदेखि समुदायको बीचमा रहेको शवगृह हटाउन आग्रह गरेपनि अस्पतालले वेवास्ता गरेको आरोप छ । घरदेखि दश मिटर नजिकै शव राख्दा खाना, बस्न र दैनिकी विताउन धेरै गाह्रो परिरहेको स्थानीयले गुनासो गरे । ‘न पकाउन मन लाग्छ नत खाना नै’,प्यूठान नगरपालिका–४ विजुवारका ६३ वर्षिय सत्यदेवी श्रेष्ठले भनिन्,‘शव देख्दा केटाकेटी डराउछन् । रात्रभर निद्रा सुत्दैनन् ।’ धेरैजसो बेवारिसे शवहरु हप्तौ दिनसम्म पनि राख्ने गरिएको छ । ‘अस्पताललाई घर नजिक शव नराख्न पटक पटक भन्यौ’,श्रेष्ठले गुनासो गरिन,‘मागप्रति कोही जिम्मेवार बनेनन् ।’

२० बढी घरहरु यसबाट प्रत्यक्ष प्रभावित भएको स्थानीय बालाजु श्रेष्ठले जानकारी गराए । ‘घरै छाड्ने स्थिती आइसक्यो’,उनले भने,‘समुदाय दुर्गन्धित बन्यो ।’ दिउँसोको समयमा बाहिर बस्नै नसकिने उनले अनुभव सुनाए । अस्पतालले स्टोर संचालनका लागि बनाएको एकतले भवनमा शवगृह संचालन गरिरहेको उनले बताए । ‘२० वर्ष बढी समय भयो शवगृह चलाएको’,उनले भने,‘अस्पताल व्यवस्थापन समितिलाई पटकपटक लिखित पत्राचार गर्दा पनि माग सुनुवाई भएन ।’

विजुवार–भित्रिकोट सडकहुँदै ओहोरदोहोर गर्ने सर्वसाधरण समेत प्रभावित बन्ने गरेका छन् । सर्वसाधरणले ‘नाक थुनेर’ आउजाउ गर्ने गर्छन् । माझकोट, इन्द्रेडाँडा, हल्दीखोला, सेतीपोखरी, खमाल्दी, टाकुरा, धरमपानीका स्थानीय यसै सडक भएर विजुवारमा बजार गर्न आउने गरेका छन् । कहिल्यकाही दिनमा चार÷पाँच वटा शवहरु समेत राख्ने गरेको स्थानीयले गुनासो गरे । हप्तौसम्म शव राख्दा विजुवार बजारसम्म दुर्गन्ध फैलने गरेको छ । समुदायको बीचमा रहेको शवगृहलाई छिट्टै अन्यत्र स्थानतरण नगरे बाध्य भएर आन्दोलन गर्नुपर्ने स्थानीयले चेतावनी समेत दिए ।

‘अब बर्खा लाग्न थालिसक्यो’,स्थानीय अनिता श्रेष्ठले भनिन्,‘खोलाले बगाएका शवहरु धेरै आउने गर्छन् ।’ शुरुमा अस्पताल परिसरभित्र शवगृह संचालन भएपनि पछि समुदायको बीचमा सारिएको थियो । फ्रिज बिनाको शवगृह हुँदा पनि दुर्गन्ध धेरै हुने गरेको स्थानीयको भनाई छ । शवगृहको वरपर समेत फोहोर बढ्दै गएको छ । कोठाभित्र शव राखी सम्वन्धित निकायले कोठामा ताल्चा लगाएर जाने गरेको स्थानीयले गुनासो गरे । शवको समयमै पोष्टमार्टव समेत नगर्ने स्थानीयले आरोप लगाए ।

नेपाल सरकारको मन्त्रीपरिषदको निर्णय विना शवगृह स्थानान्तरण गर्न संभव नरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मेघराज पुरीले जानकारी गराए । ‘५० शैँयाको अस्पताल कार्यान्वयन हुँदा आफैँ समाधान हुन्छ’,उनले भने,‘तत्कालका लागि शवगृह हटाउने स्थिती देखिदैन् ।’ लामो समय वितिसकेकाले केही वर्ष अझै धैर्य गर्न उनले स्थानीयलाई आग्रह समेत गरे । ‘भएको संरचनालाई भत्काएर अर्को बनाउँदा गैरकानुनी हुदोरहेछ’,पुरीले भने,‘समुदायको बीचमा भएको शवगृह वर्षौदेखिको समस्याको रुपमा रहेको छ ।’

स्रोत:अन्नपुर्ण पोष्ट्र बाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सागर थापा) दाङ । इलाका प्रहरी कार्यालय गढवा दाङका कार्यालय प्रमुख प्रहरी निरीक्षक कालिका कार्की जिल्ला दाङ गढवा गा.पा.वडा नं.०८ मा पर्ने नेपाल भारत सिमानाका कोईलाबासको अनुगमन गर्नुको साथै यस कार्यालय मातहत इलाका प्रहरी कार्यालय कोईलाबास दाङको निरिक्षण र कार्यरत प्र.क.हरुलाई आवश्यक निर्देशन दिनु भई भारतिय सिमा सुरक्षा बल SSB संग सिमा सुरक्षा तथा सिमानाकामा […]

(ABC-Sanchar) पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार सूचना जारी गरी नाका बन्द हुने जानकारी दिएको हो । सूचनाअनुसार, जेठ १० बिहान ६ बजेदेखि जेठ १२ बेलुकी ६ बजेसम्म पर्सा जिल्लाका सीमा नाकाहरु बन्द रहने छन् । प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूसालले जारी गरेको सूचनामा बिहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा […]

ABC (क्राईमबिट) काठमाडौं । पक्राउ पर्नेमा २१ वर्षीय सचिन परियार, १६ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालक रहेका छन् । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा […]