१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँकेमा पानी नपर्दा कृषकहरुलाई कृषि गर्न चुनौती रोपेको धान सुक्दै

Logo
प्रकाशित शनिबार, साउन ०२, २०७८

(समीर अली बेहना)
बाँके। पानी नपर्दा कृषकहरुलाई धान मकै तिल लगायतको बाली जोगाउन समस्या भएको छ । पानी नपर्दा कृषकहरुले लगाएको धान, मकै, तिल, अरहर र तरकारीहरु सुक्ने अवस्थामा पुगेका छन् ।

पानीको अभावले सुक्न लागेको धान, मकै, तिल अरहर र तरकारी जोगाउन कृषकहरुले पम्पीसेट राखेर खेत सिचाइ गरेको छन् । समयमा पानी नपाए धानको उत्पादनमा कमि आउन सक्ने कृषकहरुले बताउँछन् । धान, मकै, तिल, अरहरको बिउ छर्दा समेत पानीको अभावबाट कृषकहरुलाई ग्रसित हुनु परेको थियो । जेष्ठ १५ देखी कृषकहरुले बिउ बिजनको काम सुरु गरिसकेको थिए । केहि कृषकले वर्षाको प्रतीक्षा गर्दै जाँदा बिउ छर्न ढिलाइ भएको थियो भने केहिले नदि नाला ताल तलैयाबाट खेत सिचाइ गरेर समय मै बीउ छर्न सफल भएको छन् । बिउ छरेको कृषकहरुले बताउँछन् , कोरोना कहरमा बिउ र खाध जुटाउन विभिन्न समस्याहरुको सामना गर्नु परेको थियो । जसोतसो धान रोप्न सफल भएपनी अहिले पानीको समस्या हाम्रो लागि एउटा चुनौती नै बनेको छ । खेत नजिक ताल तलैया भएका कृषकहरुले खेत सिचाइ गर्न पम्पीसिटबाट भएनी धान जोगाइ रहेको छन् । जबकी ताल तलैया नदि नाला उपलब्ध नभएको कृषकहरुलाई धान माकै तिल लगायतको बाली जोगाउन निकै कठिनाइ भएको छ । वडा नम्बर २२ पुरैनामा खेत भएको एक जना कृषक, ` दिनानाथ यादवलए बताए कि वर्षाको प्रतीक्षा गर्दै बसेको छौँ हामी , दैवले हामी माथी आफ्नो कृपा बनाएन भने यसपटक उत्पादनमा कमि आउन सक्छ । मेरो ६ बिगाहा जमीनको खेती छ, पुरै जमीनमा धान लगाएको छु । कृषि बाहेक अन्य कुनै पेशा नरहेकोले कृषि मै निर्भर छु ।´
त्यस्तै अकबर साईंले भन्नू हुन्छ, ` पानी नपर्दा बिरुवाको विकास स्थिर भएको छ । यो महिना सम्म लगाएको बिरुवाहरुको उचाई २ फिटसम्म पुग्ने गर्थ्यो तर यसपालि पानीको कमिले १ देखि ३/२ फिटसम्म मात्र भएको छ । यस्तै अवस्था रहयो भने खेती गरेको अर्थ रहंदैन ।,
वर्षाको कारण प्रभावित भएको कृषकहरुले बाली जोगाउन निकै संघर्ष गरेको देखिन्छ । उनीहरुको अनुसार एक बिगाहा खेत सिचाइ गर्न ठुलो खर्च आउने गर्छ । लगानी गरेको पैसा बराबर पनि उत्पादन भएन भने कृषि गर्नुको कुनै फाइदा हुँदैन त्यसैमा सरकारले कृषकहरुको हकमा सहि समयमा सेवासुविधा समेत पुर्‍याएको हुँदैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

माधवा शर्मा ज्योतिषाचार्य तथा वस्तु विद् 9848060799 मेष -नयाँ अवसर प्राप्त हुने समय छ। आत्मविश्वास बढ्नेछ र अधुरो काम पूरा गर्न सकिनेछ। तर, अनावश्यक विवादबाट बच्नुहोस्। पारिवारिक सहयोग पाइनेछ। वृष -धनलाभको सम्भावना छ। व्यवसायिक योजना सफल हुनेछ। प्रेम सम्बन्धमा आत्मीयता बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। मिथुन -मित्रहरूसँग रमाइलो समय बित्ने दिन। छोटो यात्राबाट लाभ हुनेछ। तर, […]

झापा । अर्जुनधारा नगरपालिका–११ पुष्पलाल चौक निवासी नेत्रप्रसाद सिवाका १० वर्षीय छोरा प्रदीप सिवा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार आज बेलुका ४:४५ बजेको समयमा आफ्नै घरमा सारीको पिङ बनाएर खेल्दै गर्दा अचानक झुन्डिएका थिए। घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको […]

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

error: Content is protected !!