१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

प्रधानमन्त्री कार्यालयमा रित्त रहेको ३ सहसचिवको नाम सिफारिस

Logo
प्रकाशित बुधबार, साउन १३, २०७८

(ABC-Sanchar)
काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक जना सचिव पद(विशिष्ट श्रेणी) का लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय हरी प्रसाद मैनाली, डिल्लीराज शर्मा र राज कुमार श्रेष्ठको नाम सिफारिस गरेको हो । मैनाली श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयमा छन् भने शर्मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र श्रेष्ठ निर्वाचन आयोगको कार्यालयमा कार्यरत छन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकबाट सचिव बढुवाको निर्णय हुनेछ ।
सरकारले बढुवा सिफारिस समितिले पहिलो नम्बरमा परेकालाई सिफारिस गरेको अवस्थामा मैनाली सचिवमा बढुवा हुनेछन् । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

काठमाडौं । १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (साविकको प्रधानमन्त्री कार्यालय) २. गृह मन्त्रालय (साविकको गृह मन्त्रालय – आन्तरिक सुरक्षा र प्रशासन) ३. अर्थ, योजना तथा विकास मन्त्रालय (साविकको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग) ४. परराष्ट्र मन्त्रालय (साविकको परराष्ट्र मन्त्रालय) ५. रक्षा मन्त्रालय (साविकको रक्षा मन्त्रालय) ६. शिक्षा, युवा तथा खेलकुद मन्त्रालय (साविकको शिक्षा, विज्ञान […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

error: Content is protected !!