२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रधानमन्त्रीको शपथ नजिकिँदै जाँदा (रास्वपा) नेताहरू सम्भावित मन्त्रीहरूबारे छलफलमा,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, चैत्र ०९, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच मन्त्री छनोटका विषयमा अनौपचारिक कुराकानी भइरहेको एक नेताले बताए।

संसद सचिवालयले आगामी बिहीबार (चैत १२ गते) नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण गराउने तयारी गरेको छ। ज्येष्ठ सदस्य अर्जुननरसिंह केशीले बुधबार पद तथा गोपनीयतको शपथ लिनेछन्। ज्येष्ठ सदस्य केसीले नै सांसदहरूको शपथ गराउनेछन्।

सांसदहरूको शपथ ग्रहणलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दलको बैठक राखेर बालेन शाहलाई नेता चयन गर्ने छ।

‘सांसदहरूको शपथ ग्रहणलगत्तै दलको बैठक बसेर नेता चयन गर्ने कि चैत १३ गते दल बोलाउने भन्ने छलफल भइरहेको छ,’ ती नेताले भने।

पार्टी प्रवक्ता मनिष झाले पनि दलको बैठक बोलाउनेबारे सचिवालयमा छलफल भइनसकेको बताए। ‘दलको बैठकबारे कुनै सूचना आएको छैन, अहिलेसम्म सांसदहरूको शपथको मात्रै सूचना छ,’ उनले भने।

रास्वपा एक्लैले दुई तिहाइ नजिक (१८२ सिट) प्राप्त गरेकाले संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुन्छ।

संविधानको उक्त उपधारामा राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषदको गठन हुने प्रबन्ध छ।

त्यसैले रास्वपाले संसदीय दलको नेता बनाउने बित्तिकै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गर्न सक्छन्। रास्वपाले चैत १३ गते प्रधानमन्त्रीको शपथ गराउने तयारी गरेको छ। पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति डिपी अर्याल, स्वर्णिम वाग्लेसहित नेताहरूको बुधबार भएको छलफलमा १३ गते प्रधानमन्त्रीको शपथ लिने टुंगो लागेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]