१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

तालिम केन्द्रमा मानवीयपन कायम राखी दक्ष प्रहरी तयार गर्न आइजिपी थापा क्षेत्रीको निर्देशन

Logo
प्रकाशित बुधबार, साउन १३, २०७८

 

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम राखी त्यही जगमा दक्ष प्रहरी जनशक्ति तयार गर्न प्रशिक्षण प्रदान गर्नुपर्ने बताएका छन् । सोही अनुरुप तयार भएका दक्ष प्रहरी जनशक्ति कहिल्यै खराब नहुने विचार उनले व्यक्त गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी अधिकृत आधारभूत तालिम १-१८१औं समूह र ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको (PGDPS १२औं ब्याच) को प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त विचार व्यक्त गरेका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले व्यावसायिकताको शिखरसम्म पुर्‍याउन निर्धारित आधारभूत तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै प्रशिक्षणलाई संगठनले थोपरेको एउटा आधारभूत तालिमको रुपमा मात्र ग्रहण नगरिकन यसले नेतृत्व तहमा पुर्‍याउनको निम्ति योगदान दिने हुनाले प्रशिक्षणलाई विशेष रुपमा ग्रहण गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

नयाँ प्रशिक्षार्थीहरुलाई संगठनको हित तथा विकासको लागि उचित प्रशिक्षण दिन प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रशिक्षार्थीहरुमा भएको असल व्यवहार नमेटिने किसिमले प्रशिक्षण प्रदान गर्नुपर्ने बताए । व्यक्तिगत परिचय भन्दा पनि संगठनको सदस्यको हैसियतमा सेवा प्रवेश गरेका प्रशिक्षार्थीहरुले प्रशिक्षणसँगै नागरिक केन्द्रीत सेवामा समर्पित हुन आफ्नो व्यवहारमा परिवर्तन गर्दै जानु जरुरी रहेको उनले उल्लेख गरे ।

उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले धन्यवाद ज्ञापन गर्दै प्रहरी निरीक्षक आधारभूत तालिमलाई प्रतिष्ठानले विशेष महत्वकासाथ संचालन गर्नुका साथै गुणस्तरीय प्रहरी जनशक्ति उत्पादन गर्न सदैव कटिबद्ध रहेको बताए । संगठनमा तालिमको विशेष महत्व हुने भएकोले परिश्रमकासाथ अनुशासित, लगनशील एवं मर्यादित रही अपेक्षित सफलता हासिल गर्न उनले प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी देश सेवाको गरिमा बोकेको संगठन भएको चर्चा गर्दै व्यवस्थापकीय शिक्षा महत्वपूर्ण र हरेक क्षेत्रमा अति आवश्यक भएकाले प्रहरी निरीक्षक तालिममा यो समावेश गरिएको बताए ।

सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक १ सय १३ जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३६ जना गरी कूल १ सय ४९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको तालिममा सहभागिता रहेको जानकारी दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, त्रिभुवन विश्वविद्यालय तथा PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा.राजीव विक्रम राणा, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो। नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

काठमाडौं । १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (साविकको प्रधानमन्त्री कार्यालय) २. गृह मन्त्रालय (साविकको गृह मन्त्रालय – आन्तरिक सुरक्षा र प्रशासन) ३. अर्थ, योजना तथा विकास मन्त्रालय (साविकको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग) ४. परराष्ट्र मन्त्रालय (साविकको परराष्ट्र मन्त्रालय) ५. रक्षा मन्त्रालय (साविकको रक्षा मन्त्रालय) ६. शिक्षा, युवा तथा खेलकुद मन्त्रालय (साविकको शिक्षा, विज्ञान […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

error: Content is protected !!