२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

तालिम केन्द्रमा मानवीयपन कायम राखी दक्ष प्रहरी तयार गर्न आइजिपी थापा क्षेत्रीको निर्देशन

Logo
प्रकाशित बुधबार, साउन १३, २०७८

 

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले आम नागरिकसँग रहेको मानवीयपन कायम राखी त्यही जगमा दक्ष प्रहरी जनशक्ति तयार गर्न प्रशिक्षण प्रदान गर्नुपर्ने बताएका छन् । सोही अनुरुप तयार भएका दक्ष प्रहरी जनशक्ति कहिल्यै खराब नहुने विचार उनले व्यक्त गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी अधिकृत आधारभूत तालिम १-१८१औं समूह र ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको (PGDPS १२औं ब्याच) को प्रहरी निरीक्षक आधारभूत तालिमको उद्‍घाटन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त विचार व्यक्त गरेका हुन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले व्यावसायिकताको शिखरसम्म पुर्‍याउन निर्धारित आधारभूत तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने चर्चा गर्दै प्रशिक्षणलाई संगठनले थोपरेको एउटा आधारभूत तालिमको रुपमा मात्र ग्रहण नगरिकन यसले नेतृत्व तहमा पुर्‍याउनको निम्ति योगदान दिने हुनाले प्रशिक्षणलाई विशेष रुपमा ग्रहण गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।

नयाँ प्रशिक्षार्थीहरुलाई संगठनको हित तथा विकासको लागि उचित प्रशिक्षण दिन प्रशिक्षकको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रशिक्षार्थीहरुमा भएको असल व्यवहार नमेटिने किसिमले प्रशिक्षण प्रदान गर्नुपर्ने बताए । व्यक्तिगत परिचय भन्दा पनि संगठनको सदस्यको हैसियतमा सेवा प्रवेश गरेका प्रशिक्षार्थीहरुले प्रशिक्षणसँगै नागरिक केन्द्रीत सेवामा समर्पित हुन आफ्नो व्यवहारमा परिवर्तन गर्दै जानु जरुरी रहेको उनले उल्लेख गरे ।

उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले धन्यवाद ज्ञापन गर्दै प्रहरी निरीक्षक आधारभूत तालिमलाई प्रतिष्ठानले विशेष महत्वकासाथ संचालन गर्नुका साथै गुणस्तरीय प्रहरी जनशक्ति उत्पादन गर्न सदैव कटिबद्ध रहेको बताए । संगठनमा तालिमको विशेष महत्व हुने भएकोले परिश्रमकासाथ अनुशासित, लगनशील एवं मर्यादित रही अपेक्षित सफलता हासिल गर्न उनले प्रशिक्षार्थीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी देश सेवाको गरिमा बोकेको संगठन भएको चर्चा गर्दै व्यवस्थापकीय शिक्षा महत्वपूर्ण र हरेक क्षेत्रमा अति आवश्यक भएकाले प्रहरी निरीक्षक तालिममा यो समावेश गरिएको बताए ।

सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक १ सय १३ जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३६ जना गरी कूल १ सय ४९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरुको तालिममा सहभागिता रहेको जानकारी दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, त्रिभुवन विश्वविद्यालय तथा PGDPS कार्यक्रमका सल्लाहकार प्रा.डा.राजीव विक्रम राणा, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो। नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी चौकी थुमपोखरी, स्याङ्जाका इन्चार्ज असई मनोजकुमार सिंह कुटिएका छन् । स्याङ्जा वालिङ नगरपालिका १३, बायाँटारीमा झगडा छुट्याउन गएको असई सिंहसहितको टोलीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । झगडा भएको सूचनाका आधारमा घटनास्थल पुगेको प्रहरी टोलीमाथि युवाहरुको समूहले कुटपिट गरेको स्याङ्जा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले […]

(एबिसि संचार ) कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । अन्य दुईजना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए । शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट […]

सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णय गरेपछि भारतले विरोध जनाएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् […]