१० चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत असई गिरी उत्कृष्ट प्रहरी घोषित

Logo
प्रकाशित बुधबार, साउन १३, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) अम्बिका गिरी असार महिनामा उत्कृष्ट प्रहरी घोषित भएकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।

असई गिरीलाई एक्सरे अपरेसनको जिम्मेवारी तोकिएकोमा आफ्नो जिम्मेवारीलाई ईमान्दार, कर्तव्यनिष्ठ एवं प्रशंसनीय ढंगबाट निर्वाह गरी विमानस्थलमा आउने यात्रु तथा सेवाग्राहीहरुलाई समेत उत्कृष्‍ट तवरबाट सेवा प्रदान गर्न गराउन महवपूर्ण भूमिका निर्वाह गरि प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकी छन् ।

कोभिड-१९ संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी गरिएको निषेधाज्ञाको समयमा समेत हवाई यात्रुहरुको यात्रा सुरक्षित एवं भरपर्दो बनाई सुरक्षा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई प्रभावकारी परिचालन गरी आफू समेत निरन्तर खटीई यात्रु तथा प्रहरी कर्मचारीहरुलाई कोभिड-१९ संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले उनले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै असई गिरीलाई असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । नेपाल पुलिसबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मंगलबार प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेका कर्मचारीहरूलाई तुरुन्त सम्पर्कमा आउन आग्रह गरेको हो । कार्यालयका अनुसार ती कर्मचारीहरूको खोजतलास गर्दा तथा प्रहरी नियमावलीअनुसार घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा आएका छैनन्।सूचनामा गैरहाजिर रहनुको कारण स्पष्ट पार्दै सन्तोषजनक स्पष्टीकरणसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन भनिएको छ। प्रहरी प्रधान कार्यालयले […]

काठमाडौं । १. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (साविकको प्रधानमन्त्री कार्यालय) २. गृह मन्त्रालय (साविकको गृह मन्त्रालय – आन्तरिक सुरक्षा र प्रशासन) ३. अर्थ, योजना तथा विकास मन्त्रालय (साविकको अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग) ४. परराष्ट्र मन्त्रालय (साविकको परराष्ट्र मन्त्रालय) ५. रक्षा मन्त्रालय (साविकको रक्षा मन्त्रालय) ६. शिक्षा, युवा तथा खेलकुद मन्त्रालय (साविकको शिक्षा, विज्ञान […]

सुर्खेत । कर्णाली प्रदेश ट्राफिक प्रहरीकै कार्यालयका प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक मुकुन्द प्रसाद रिजालद्वारा मातहत जिल्ला ट्राफिक प्रहरी प्रमुख र अस्थायी ट्राफिक प्रहरी पोष्ट प्रमुखहरुलाई भर्चुअल माध्यामबाट आवश्यक ब्रिफिङ तथा निर्देशन दिएका छन्। ब्रिफिङमा ट्राफिक प्रहरीलाई कानुनले निर्दिष्ट काम कार्बाही, गैह्र-व्यवसायिक आचरण तथा व्यवहार, नागरिकमैत्री ट्राफिक प्रहरी सेवा प्रवाह, सवारी दुर्घटना न्यूनिकरण, समग्र कर्णाली […]

error: Content is protected !!